इक्यानले पायो ‘बेस्ट एजुकेसनल कन्सल्टेन्सी एसोसिएसन अवार्ड’

मंगलबार, ८ जेष्ठ २०८१

काठमाडौं – शैक्षिक परामर्श क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले ‘बेस्ट एजुकेसनल कन्सल्टेन्सी एसोसिएसन अवार्ड’ प्राप्त गरेको छ । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच इक्यानले ‘बेस्ट एजुकेसनल कन्सल्टेन्सी एसोसिएसन अवार्ड’ प्राप्त गरेको हो ।

इक्यानका अध्यक्ष शेषराज भट्टराईले उक्त अवार्ड ग्रहण गरेका छन् । कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा उपसभामुख इन्दिरा राना मगरको हातबाट अध्यक्ष भट्टराईले अवार्ड ग्रहण गरेका हुन् । उक्त कार्यक्रममा हिसानका अध्यक्ष रमेश कुमार सिलवाल लगायत अतिथिहरुको उपस्थिति रहेको थियो ।

एक्जिटो इभेन्ट अस्ट्रेलियाले इक्यानलाई सम्मान गरेको हो । यसले सामाजिक, व्यावसायिक तथा अन्य विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने व्यक्ति तथा संस्थाहरुलाई सम्मान गर्दै आइरहेका छन् ।