राइटपाथको “ग्राण्ड एजुकेशन कनक्लेभ” सम्पन्न, ७ हजार विद्यार्थीको सहभागिता
काठमाडौं – राइटपाथ करियर काउन्सिलिङको “ग्राण्ड एजुकेशन कनक्लेभ २०२४” सम्पन्न भएको छ । वैशाख २९ गतेकाठमाडौंबाट सुरु भएको कनक्लेभ धनकुटा, हेटौंडा, चितवन, बुटवल, दाङ हुँदै मंगलबार ललितपुर आएर सम्पन्न भएको हो । उक्त कनक्लेभमा ७ हजारभन्दा बढी विद्यार्थीले सहभागिता जनाएका छन् ।
‘ग्राण्ड एजुकेशन कन्क्लेभमा ७ हजारभन्दा बढी विद्यार्थीहरु सहभागी भएका छन् । यस कार्यक्रममा उच्चशिक्षा हाँसिल गर्न विद्यार्थीहरुले बुझ्न चाहेको सहि सूचना उपलब्ध गराउन सफल भयौँ भन्ने हामीले विश्वास लिएका छौं ।’, राइटपाथका सीईओ फिलिप डिसीले भने, ‘हामीले यस कन्क्लेभ सुरु गर्दैगर्दा करिव पाँच हजार विद्यार्थी माझ पुग्न सक्छौं भन्ने उद्येश्य राखेका थियौं तर हामी लक्ष्यभन्दा पनि धेरै विद्यार्थीहरु माझ पुग्न सफल भएका छौं ।’
फेयरमा सहभागी विद्यार्थीले विभिन्न युनिर्भसिटिको स्कलरसिप, ६ हजार पर्ने आइएलटिएस मात्र २०८१ रुपैयाँमा पढ्न पाउने अफरसहित प्रोसेसिङ्ग शुल्कमा सतप्रतिशत छुट प्राप्त गरेका छन् । साथै विद्यार्थीले फ्रि मुभि टिकटका साथमा आकर्षक गिफ्ट ह्याम्परसमेत प्राप्त गरेको डिसीको भनाई छ । ‘हामीले परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गर्दै परीक्षा पछिको तीन महिना खेर नजाओस् भन्ने उदेश्य राखेर यस कायक्रमको आयोजना गरेका थियौं ।’, डिसीले भने, ‘जुन उपलब्धि मुलक रह्यो भन्ने विद्यार्थी तथा अभिभावक हरुको उत्साहजनक सहभागीताले पनि पुष्टि गरिसकेको छ ।’

कन्क्लेभमा वरिष्ठ गायीका अन्जु पन्त र मिस नेपाल २०१६ तथा राइटपाथकी ब्राण्ड एम्बास्डर अश्मि श्रेष्ठको उपस्थितिले विद्यार्थीहरुको हौसला बढेको थियो । राइटपाथले कन्क्लेभको बारेमा विद्यार्थीसम्म सूचना पुऱ्याइदिनुहुने विभिन्न सञ्चार माध्यम, महत्वपूर्ण भूमिका निर्वाह गर्ने केन्द्रीय कार्यालयदेखि विभिन्न शाखाका कर्मचारी साथीहरु साथै प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा हामीलाई साथ दिनुहुने सम्पूर्णमा धन्यवाद व्यक्त गरेको छ ।
‘कार्यक्रममा सहभागी विद्यार्थीहरु र अविभावक हरुलाई पुनः विशेष धन्यवाद व्यक्त गर्दै उज्ज्वल भविष्यको कामना गर्दछौँ ।’, पत्रकार सम्मेलनपछि वितरण गरिएको प्रेस वक्तव्यमा भनिएको छ, ‘हाम्रो सँस्था राइटपाथ करियर काउन्सिलिङले लामो समयदेखि विद्यार्थीहरुलाई शैक्षिक परामर्श तथा भाषाका कक्षाहरु सञ्चालन गर्दै आइरहेको यहाँहरुलाई अवगतै छ । विगतमा जस्तै आगामी दिनहरुमा पनि हामीले यस्ता कार्यक्रमहरु नियमित आयोजना गर्ने प्रतिवद्धताका साथ सम्पूर्णमा आभार व्यक्त गर्न चाहान्छौं ।’