पानी बाराबारको अबस्थामा पुगेका उपेन्द्र सत्ता गुमेपछि यसकारण पुगे सिके रावतको सरणमा

बिहिबार, १० जेष्ठ २०८१

काठमाडौं – जसपा नेपाल फुटेर ७ जना सांसद अलग भएपछि एक्लिएका यादव फेरी शक्तिमा आउन कसैको साथ खोजिरहेका छन्। पार्टी फुट्नेबित्तिकै उनले लोसपा अध्यक्ष महन्थ ठाकुरसँग भेटेका उनी अहिले पनि मधेशी नेताहरूसँगको भेटवार्तामै व्यस्त छन्। उनी सीकेसँग पनि सहकार्य गरेर मधेश प्रदेशको सत्ता सहकार्य गर्ने मुडमा छन्। त्यसका लागि उनले मधेशको मुद्दाको लागि मधेशवादी नेताहरू एकैठाउँ हुनुपर्नेु भन्ने अस्त्र फ्याँकिरहेका छन्।

यसैबेला उपेन्द्र र सीकेको सहकार्यलाई पनि अड्कलबाजी गरिएको छ। सधैं सत्ताकै लोभमा फस्दा उपेन्द्र यतिबेला कमजोर मात्र भएका छैनन्, सत्ताबाटै बाहिरिनुपर्ने अवस्था सिर्जना भएको छ भने मधेशमासमेत उनी सिके भन्दा पनि कमजोर भइसकेको अनुमान लगाउन थालिएको छ।

त्यसो त उपेन्द्र यादव कम्युनिष्ट पृष्ठभूमिका नेता हुन्। गैरसरकारी संस्थाबाट मधेश जागरण ल्याउने अभियान हुँदै राजनीतिमा होमिएका उपेन्द्र वामपन्थी विचारधाराका अनुयायी थिए। शिक्षक हुँदा देखि नै त्यही विचारका उनी मूलधारको राजनीति सम्म आइपुग्दा पनि वामपन्थी नै मानिन्छन्। अहिले पनि उनी वामपन्थीहरूको मोर्चा भनिएको समाजवादी मोर्चामा पनि छन्।

२०७९ सालमा सम्पन्न भएको प्रतिनिधिसभाको निर्वाचनदेखि पानी बाराबारको अवस्थामा रहेकाले त्यस्तो अवस्था आएको हो। त्यति बेलादेखि यादव जुन ठाउँमा हुन्छन्, त्यो ठाउँमा राउत बस्न मान्दैनन्। सार्वजनिक कार्यक्रमहरूमा समेत यी दुई नेता एकै ठाउँमा हत्तपत्त भेटिँदैनन्। ०७९ को चुनावमा हराएपछि पनि राउतले यादवलाई सक्काउने खेल छाडेनन्। एउटै गठबन्धनमा हुँदासमेत बारा–२ मा उपचुनावमा हराउन आफ्नो छुट्टै उम्मेदवार उठाए।जबकि उनीहरू त्यतिबेला एकै गठबन्धनमा थिए।