जुन १४ मा युएएनको ‘युके युनिभर्सिटी फेस्ट’
काठमाडौं – जुन १४ अर्थात जेठ ३२ गते युनिभर्सिटी एड्मिसन नेटवर्क (युएएन)को ‘युके युनिभर्सिटी फेस्ट’ हुने भएको छ । युकेका २० भन्दा धेरै विश्वविद्यालयको सहभागितामा पुतलीसडकस्थित युएएनको आफ्नै कार्यालयमा युके युनिभर्सिटी फेस्ट हुने भएको हो ।
‘सेप योवर फ्युचर : एक्स्पोलोर कलेज एट आवर फेयर’ नारा दिएको उक्त फेस्टमा विश्वविद्यालयका प्रतिनिधिहरुले विद्यार्थीलाई एक्ला एक्लै परामर्श दिने युएएनले जनाएको छ । यूके युनिभर्सिटी फेस्टमा युनिभर्सिटीबाट आएका प्रतिनिधिहरुले भिसा आवेदन दिने, विश्वविद्यालय र क्याम्पसमा विद्यार्थीलाई प्राप्त सुविधाहरु, क्याम्पसमा बस्ने अवसर, छात्रवृत्ति लगायतका विषयमा जानकारी प्राप्त हुने युएनका डिजिटल मार्केटर अभिज्ञान गौतमले बताए ।
पुतलीसडकस्थित कृषि विकास बैंकको तेश्रो तलामा रहेको कार्यालयमा युके युनिभर्सिटी फेस्ट हुनेछ । यो फेयरमा सहभागी विद्यार्थीले तुरुन्तै अफर लेटर प्राप्त गर्ने बताइएको छ ।
