ललितपुरमा भयानक दुर्घटना, एकको मृत्यु

सोमबार, ४ असार २०८१

काठमाडौं – ललितपुरको बालकुमारीमा भयानक दुर्घटना भएको छ । दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । कोटेश्वरबाट ग्वार्कोतर्फ जाँदै गर्दा सोही दिशामा रहेको स्कुटरलाई सोमबार साँझ ट्रकले ठक्कर दिदा दुर्घटना भएको थियो ।

प्रदेश ०२–३–००१० ख ५३५७ नम्बरको ट्रकले बा ८३ प ८१७८ नम्बरको स्कुटरलाई ठक्कर दिंदा सिन्धुली तीनपाटन गाउँपालिका घर भई भक्तपुर सूर्यविनायक बस्ने ३५ वर्षे रमेशकुमार पाण्डेको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका पाण्डेको उपचारको क्रममा बी एण्ड बी अस्पतालमा मृत्यु भएको ललितपुरका प्रहरी प्रवक्ता एसपी नरेशराज सुवेदीले जानकारी दिए । ट्रक चालकलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसर ललितपुरमा राखिएको छ ।