यी व्यक्तिका कारण रवि लामिछानेलाई फेरि आइलाग्यो अर्को संकट

बिहिबार, ७ असार २०८१

काठमाडौँ – गृहमन्त्री रवि लामिछाने विरुद्ध सहकारी ठगी सम्बन्धी किटानी जाहेरी काठमाडौं प्रहरीमा पनि परेको छ।

लामिछाने र गीतेन्द्रबाबु राई (जीबी)ले गोरखा मिडिया नेटवर्कमा छँदा काठमाडौंको स्वर्णलक्ष्मी सहकारीबाट ६४ करोड रुपैयाँ ऋण लिएर नतिरी ठगी गरेको भन्दै जिल्ला प्रहरी परिसर, काठमाडौंमा जाहेरी परेको हो। युवराज पौडेलले हुलाक मार्फत जाहेरी दिएका हुन्।

उनको जाहेरी दर्ता भएरनभएको प्रहरीले बताएको छैन। प्रहरी परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० वसन्त रजौरेले अनुसन्धानको संवेदनशीलतालाई ख्याल गरेर कुनै पनि जाहेरी दर्ता भएरनभएको भन्न नमिल्ने प्रतिक्रिया दिए।

असार ४ मा हुलाक मार्फत पठाइएको जाहेरी सोही दिन परिसरमा पुगेको हुलाक कार्यालयले जाहेरीकर्ता पौडेललाई दिएको भर्पाईमा उल्लेख छ। हुलाकबाट आएको जाहेरी प्रहरीले सनाखत गरेपछि विधिवत् दर्ता भएको मानिन्छ। सनाखत हुन भने बाँकी रहेको पौडेलले  बताए।

स्वर्णलक्ष्मीको बचत हिनामिनाको जाहेरी यसअघि परिसर अन्तर्गतकै कालीमाटी प्रहरी वृत्तमा पनि दर्ता भएको छ। तर अनुसन्धानमा उल्लेखनीय प्रगति भएको छैन।

गत माघमा पनि जिल्ला प्रहरी कार्यालय, कास्कीमा गृहमन्त्री लामिछाने विरुद्ध सहकारी ठगी सम्बन्धी पूरक जाहेरी परेको थियो। कास्कीको सूर्यदर्शन सहकारीबाट लामिछानेको नाममा दुई करोड रुपैयाँ ऋण निकालिएको थियो। ऋणको फरफारक कागजात फेला परे पनि प्रहरीले थप अनुसन्धान गरेको छैन।

यसैगरी, रुपन्देहीको सुप्रिम सहकारीबाट समेत लामिछानेले दुई करोड रुपैयाँ लिएर नतिरेको भनी अदालतमा दर्ता भएको अभियोजनपत्रमा उल्लेख छ। तर अभियोजन दर्ता गर्दा लामिछानेलाई प्रतिवादी बनाइएको छैन।