असार १७ गते नेप्कम्सको ‘एडु–एक्स्पो’, सहभागी विद्यार्थीले सतप्रतिशतसम्म छात्रबृत्ति पाउने
काठमाडौं – आगामी असार १७ गते अर्थात १ जुलाई २०२४ नेप्कम्स सर्भिसेस्ले विद्यार्थीलाई लक्षित गर्दै ‘एडु एक्स्पो’ को आयोजना गर्ने भएको छ । नेप्कम्स सर्भिसेस्को कार्यालय बागबजारमा विभिन्न देशबाट आएका शैक्षिक संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा ‘एडु एक्स्पो’ गर्ने भएको हो ।
एक्स्पोमा अस्ट्रेलिया, क्यानडा, अमेरिका, बेलायत, न्युजिल्याण्ड र आएरल्याण्डका उत्कृष्ट शैक्षिक संस्थाका प्रतिनिधिहरुको सहभागिता हुने नेप्कम्सले जनाएको छ । एक्स्पोमा शैक्षिक संस्थाका प्रतिनिधिहरुले विद्यार्थीलाई एक्लाएक्लै परामर्श दिने नेप्कम्सका प्रबन्धनिर्देशक शोभित श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार यो कार्यक्रममा सहभागी विद्यार्थीले १००प्रतिशतसम्म छात्रबृत्ति प्राप्त गर्ने छन् । साथै, सहभागी विद्यार्थीले आक्रषक उपहार, पूर्वतयारी कक्षामा भारी छुटसहित विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्ने बताइएको छ ।
नेप्कम्सको कार्यालय बागबजारको नेपाल इन्भेष्टमेन्ट मेगा बैंक भएको भवनको तेश्रो तलामा रहेको छ । नेप्कम्स नेपालको सबैभन्दा विश्वासिलो र भरपर्दो शैक्षिक कन्सल्टेन्सीको रुपमा परिचित छ ।
