प्रभु बैंक र होटल हिमालय बीच विशेष छूट सम्झौता
काठमाडौँ – प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरुले ललितपुरको कुपण्डोलस्थित होटल हिमालयका विभिन्न सेवामा विशेष छूट पाउने भएका छन् ।
एक समारोहका बीच छूट दिने सम्झौतामा कम्पनीका तर्फबाट चिफ मार्केटिङ्ग अफिसर रबिन्द्र ढकाल र बजार व्यवस्थापक सबिन राणा तथा होटल हिमालयको तर्फबाट बिक्री प्रबन्धक भुपेश लेखकले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार कम्पनीका कर्मचारी तथा ग्राहकहरुले बैंकसँगको आबद्धता प्रमाणका आधारमा होटलमा उपलब्ध सम्पुर्ण सेवा सुविधाहरुमा विशेष छूट प्राप्त गर्न सक्ने छन् ।
आन्तरिक तथा वाह्य पर्यटकका लागी लक्षित गरी चारतारे होटल हिमालय विगत ३७ वर्ष देखि ग्राहकहरुको सेवामा समर्पित छ । विदेशी तथा नेपालीहरु बीच निकै रुचाईएको यस होटलमा Sauna,Steam, swimming pool, fitness center अभलतभच लगायतको सुविधा रहेको छ । ग्राहकहरुको सेवाको लागी सोही परिसरमा दुईवटा रेष्टुरेन्ट रहेको छ ।
ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०७ शाखा कार्यालयहरु, २८६ एटीएमका साथै ७० एक्सटेन्सन काउन्टर मार्पmत करिब ३१ लाखभन्दा बढि ग्राहकहरु छन् ।