यी हुन् दक्षिण कोरियाली दूतावासको वेवसाइट ह्याक गरेको आरोपमा पक्राउ परेका ८ जना

बुधबार, २० असार २०८१

काठमाडौं – दक्षिण कोरियाली दूतावासको वेबसाइट ह्याक गरेको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ । वेबसाइट ह्याक गरेर सेवाग्राहीसँग अवैध रूपमा रकम असुलमा संलग्न रहेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यरो (सिआईबी)को टोलीले विभिन्न ठाउँबाट ८ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा भोजपुरको पौवादुङ्मा गाउँपालिका–५ घर भएका २१ वर्षीय दीपेन्द्र राई, काठमाडौं कलंकीका ३३ वर्षीय नवीन पौडेल, पोखरा महानगरपालिका–९ का समेश शेरचन र गोरखाको चुमनुब्री गाउँपालिका–७ का २१ वर्षीय छिरिङ निमा लामा छन् । अन्यको नाम प्रहरीले खुलाएको छैन ।

उनीहरुले पहिल्यै अनलाइनमार्फत भिसाको डेट होल्ड गर्ने र अन्तर्वार्ताका लागि डेट नपाउनेहरुलाई प्रतिव्यक्ति ३० हजार रुपैयाँका दरले बेच्ने गरेको पाइएको सीआईबी स्रोतले बतायो । ३० हजार रुपैयाँ तिर्दा भिसाको डेट पाएको तर भिसा नपाएको गुनासो दूतावासमा आएपछि दूतावासले सीआईबीलाई जानकारी गराएको थियो । दूतावासको पत्रपछि सीआईबीले ८ जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।

दक्षिण कोरियाली दूतावासको वेवसाइट ह्याक गर्ने ८ जना पक्राउ