अल्पमतका बावजुद पनि संसद फेस गर्न खोजेका प्रचण्डलाई धोकै धोका

बिहिबार, २१ असार २०८१

काठमाडौं – राष्ट्रिय सहमतिको सरकार बनाउन भन्दैएमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेससंग हात मिलाएपछि प्रचण्डले आफ्नै अन्य सत्ता सारथीहरुबाटसमेत धोका खान थालेका छन्। आफु नेतृत्वको सरकारलाई साथ दिएका एमाले, रास्वपा, जनमत, नागरिक उन्मुक्ति र अशोक राई नेतृत्वको जसपाले समेत प्रचण्डको सरकारबाट राजिनामा दिएर नयाँ बन्ने सरकारलाई साथ दिने भएपछि धोका भएको हो।

जसपाबाट सरकारमा सहभागी दुई मन्त्रीले प्रधानमन्त्रीलाई आजै राजीनामा बुझाउने महासचिव मोहम्मद इस्तियाक राईले जानकारी दिए ।

उनका अनुसार आज पार्टीको बैठक बसेर सरकारबाट मन्त्री फिर्ता बोलाउने औपचारिक निर्णय हुनेछ । जसपाले नयाँ बन्ने सरकारलाई समर्थन गर्ने बताएको छ ।

जसपाबाट स्वास्थ्य मन्त्री प्रदीप यादव, वनमन्त्री नवलकिशोर सुडी र स्वास्थ्य राज्यमन्त्री हसिना खान सरकारमा छन् । अशोक राई नेतृत्वको जसपाले प्रचण्ड नेतृत्वको सरकारलाई साथ दिन उपेन्द्र यादवसंग सम्बन्ध तोडेको थियो। आफु अल्पमतमा हुँदा हुदैपनि प्रचण्ड संसद फेस गरे अडानबाट पछि हटेका छैनन्। माधव नेपाल नेतृत्वको एकीकृत समजवादेले भने प्रचण्डलाई साथ दिने निर्णय गरेको छ।