अध्यक्ष बनेकै दिन माधव नेपाललाई सुदूरपश्चिमबाट आयो दु:खद खबर
काठमाडौँ -एकीकृत समाजवादीको १० औं महाधिवेशनबाट सर्वसम्मत अध्यक्ष बनेका माधव नेपाललाई सुदुरपस्चिमबाट दु: खबर आएको छ। अध्यक्ष बनेको खुशियाली मनाउन नपाउँदै आफ्नो पार्टीको तर्फबाट सुदुरका मुख्यमन्त्री बनेका दिर्घ सोडारी अल्पमतामा परेको दु:खद खबर आएको हो।
केन्द्रमा सत्ता समीकरण फेरिएसँगै नेकपा एमाले सुदूरपश्चिम प्रदेश सरकारबाट पनि बाहिरिएको छ । बिहीबार प्रदेश संसदीय दलका नेता राजेन्द्रसिंह रावलले मुख्यमन्त्रीको अनुपस्थितमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र उनको सचिवालयमा बुझाएका छन् ।
रावलसँगै एमालेको तर्फबाट सरकारमा सहभागी तीन जना मन्त्रीले समेत राजीनामा बुझाएका छन् । आर्थिक मामिला मन्त्री सुरेन्द्रबहादुर पाल, आन्तरिक मामिला मन्त्री हिरा सार्की र वन, वातावरण तथा सहकारी मन्त्री वीरबहादुर थापाले राजीनामा बुझाएका छन् । सुदूरपश्चिममा एमाले समेतको समर्थनमा एकीकृत समाजवादीका दीर्घबहादुर सोडारी मुख्यमन्त्री बनेका थिए ।