प्रभु बैँक र T3 Thakali तथा Saino Tandoori बीच विशेष छुट सम्झौता

आइतबार, २४ असार २०८१

काठमाडौं – प्रभु बैँकका कर्मचारीहरु तथा ग्राहकवर्गहरुलाई त्रिभुवन अन्तराष्ट्रिय विमान स्थल नजिकै अवस्थितT3 Thakali and Multi Cusinie  रSaino Tandoori & Sekuwa Corner ले विभिन्न सेवामा विशेष छुट दिने भएका छन् । आइतबार एक समारोहका बिच छुट सम्झौता भएपछि दुबै रेष्टुरेन्टहरुले विशेष छुट दिने भएका हुन् ।

सम्झौतामा T3 थकाली ग्रुप प्रालीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत विवेक तुलाचन र प्रभु बैँकका तर्फबाट बाग्मति प्रदेश प्रमुख अधिकृत बिकास शर्मा गुरागाईले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार प्रभु बैँकका कर्मचारीहरु तथा ग्राहकवर्गहरुले बैँकसँगको आबद्धता प्रमाणका आधारमा रेष्टुरेन्टमा उपलब्ध सम्पूर्ण सेवा सुविधाहरुमा १० प्रतिशत छुट प्राप्त गर्न सक्ने बैँकले जनाएको छ ।

दैनिक लाखौको संख्यामा स्वदेशी तथा विदेशी मानिसहरुको आवत जावत हुने स्थान हो विमानस्थल, जहाँ मानिसहरु आफन्तलाई लिन र पु्याँउनका लागि आउने जाने गर्दछन । यस्तै कामको चटारोमा मानिसहरु खाना तथा खाजासमेत नखाई कुद्ने गर्दछन । यिनै मानिसहरु र स्वादका पारखिका लागि मध्यनजर गर्दे त्घT3 Thakali and Multi Cusinie र Saino Tandoori & Sekuwa Corner ले एयरपोर्टको मुख्य द्धारको पूर्वपट्टिको लाईनमा आफ्नो २४ घण्टे सेवा संचालनमा ल्याएको छ । यहाँ आउने जो कोहीले पनि T3 Thakali and Multi Cusinie मा authentic थकाली खानाको स्वाद लिन सक्नेछन् भने Saino Tandoori & Sekuwa Corner मा नान, तन्दुरी, सेकुवा जस्ता परिकारहरु चौबिसै घण्टा पाईने छ । साथै यथस्ट सशुल्क पार्किङ्गको पनि व्यवस्था रहेको छ ।

ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०७ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्पmत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ । साथै,लण्डन स्थित दि फाईनान्सियल टाईम्सले बैँक अफ दि ईयर–२०२३ बाट सम्मानित प्रभु बैँक, छोटो समयको अन्तरालमानै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट सम्मानित भएको छ ।