कांग्रेस-एमाले गठबन्धका सूत्रधार रमेश लेखकलाई देउवाले दिनेभए यतिठूलो उपहार
काठमाडौं – नेपाली कांग्रेसभित्र अब बन्ने एमाले–कांग्रेस सरकारमा मन्त्री पठाउनेबारे छलफल थालिएको छ । सभापति शेरबहादुर देउवाले यसपटक गृहमन्त्री बनाएर केपी शर्मा ओली नेतृत्वको सरकारमा रमेश लेखकलाई पठाउने करिब निश्चित् भएको छ । नेता लेखक देउवाका विश्वापात्र हुन् ।
कांग्रेस–एमाले नयाँ गठबन्धनको सूत्रधारको रुपमा चिनिएका लेखक यसपटक गृहमन्त्री बन्ने पक्का भएको बुढानिलकण्ठ स्रोतको दाबी छ । एमाले अध्यक्ष ओलीले पनि नेता लेखकलाई नै रुचाएका छन् । कांग्रेस र एमालेबीच १० र ९ मन्त्रालय लिने सहमति भएको छ । लेखक यसअघि भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनिसकेका छन् ।