ग्लोबल आईएमई बैंकबाट डिपोजिट झिक्दै जनजाति अभियान्ता
काठमाडौँ – ग्लोबल आईएमई बैंकमा तपाईँको डिपोजिट छ ? ख्याल गर्नुहोस् है ! जनजाति अभियान्ताहरुले बैंक बन्द गराउन अभियान चलाएका छन् ।
ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र ढकालले पाथिभर क्षेत्रमा जबरजस्ती केबुलकार बनाउन खोजेको भन्दै पूर्वका १० जिल्लाका बैंकका शाखा बन्द गर्न, बैंक खाता बन्द गर्न र डिजोजिट झिक्न अभियान चलाएका हुन् ।
उनीहरुले ढकाललाई भ्रष्टचारी, दलाल र माफिया भएको आरोपसमेत लगाएका छन् । मानव अधिकार हनन् गरि ममुक्कुमलुङमा केबुलकार बनाउने, नीतिगत भ्रष्टाचार गर्दै अकुत सम्पति कमाएका माफिया चन्द्र ढकालको ग्लोबल आईएमई बैंकबाट डिपोजिट झिकी खातासमेत बन्द गर्न आह्वान गरेका छन्।
ढकालको ताप्लेजुङ्ग, पाँचथर, तेह्रथुम, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी, काठमाडौँ लगायतका बैंक शाखाहरुमा धर्ना दिएका छन् भने आफ्नो डिपोजिट झिकेर खाता बन्द गरेका छन् ।
