तपाईं को हो, आफूलाई चिन्नुहोस ?

मंगलबार, २७ असोज २०८३

काठमाडौं – आफुभित्रको महान् व्यक्तित्वलाई ब्युताउने प्रयात्न गर्नुहोस् । आजसम्म तपाईले यस्तो गर्नुभएको छैन । अहिलेसम्म बेकार परेको तपाईको महान् शक्ति र प्रतिभा फेरि ब्युताउनको लागि उठ्नुहोस्, आफ्नो जीवनको योजना बनाउनुहोस् ।

तपाईले ति सबै शक्तिहरुबारे जान्नुहुन्छ र कहिलेकाहिँ त्यसको अनुभव पनि गर्नुहुन्छ । तपाईको अन्तःप्रेरणाले तपाईलाई तपाईभित्र यो भन्दा महान व्याक्ति लुकेको छ भन्ने बताउँछ । तपाई त्यसलाई किन चिन्नुहुन्छ ? किन त्यसलाई ब्युताउनुहुन्न ?

स्वयम्लाई हीन र अयोग्य सम्झिने थुप्रै मनुष्यले आफ्नो महानतालाई चिनेपछि तिनीहरु तलबाट एकदम माथि उठे । शत्रु नरहि तिनीहरु समाजको मित्र बन्न पुगे । नयाँ स्फूर्ती जगाउने यो आँचलले आफुलाई हीन सम्झेर दुर्बलतामा जीवन बिताईरहेका लाखौंँ सुतिरहेका आत्मालाई छुन पाएको भए मानवताको कति कल्याण हुँदो हो !

थुप्रै महानपुरुष, विद्वान र विजेताका अनुपम सफलताको रहस्य तिनीहरुको जीवनमा भएका कुनै बिशेष घटना वा अवसरमा हुन्छ । तिनीहरुलाई अचानक आफ्नो शक्तिहरुबारे ज्ञान हुनासाथ तिनीहरु मानव तर्फ बढ्न सके । भारतीय साहित्यका गौरब, संस्कृतीका महाकवि र नाटककार कालिदासको नाम कसलाई थाहा छैन । कालिदास र उनको कृतिको त विदेशमा पनि धेरै सम्मान छ । तर आश्चार्यको कुरो के छ भने ति महान साहित्यकारको प्रतिभा र महानताको उदय भने उनको युवावस्था पार भईसकेपछि र उनले द्यिाध्ययन छाडिसकेपछि भयो ।

कालिदासभित्र सुतेको महान साहित्यकारलाई जोगाउने अरु कोहि नभएर स्वयम् उनकि धर्मपत्नी विद्योत्तमा थिइन्। विद्योत्तमा अत्यन्त विदुषी र सुशिक्षित हुनु पनि एउटा अपुर्व संयोग थियो । जब कि कालिदास यति मात्र पढेलेखेका थिए कि उनलाई मुर्खको उपाधिबाट सुशोभित गर्न सकिन्थ्यो । तर विवाहसम्म विद्योत्तमाले यो गुह्य थाहा पाएकि थिइनन् । उनी कालिदासलाई अत्यन्तै विद्वान सम्झिरहेकि थिइन्। विवाह भईसकेपछि नवविवाहित दम्पति सँगै बसिरहेको बेला अचानक कुनै पशुको आवाज सुनेर विद्योत्तमाले कालिदासलाई यो को कराईरहेको भनि सोधिन् । कालिदासले दिएको उत्तरको भाषामा थुप्रै अशुद्धि थियो, यस्तो लाग्थ्यो–मानौं कुनै अनपढ–गवार बोल्दै थियो ।

विदुषी विद्योत्तमा यो देखेर आश्चर्यमा परिन । आफ्नो पतिको विद्वत्तताको यो पोल खुलेको देखेर उनलाई धेरै निराशा भयो, तर त्यसबेला उनले धैर्य लिएर शान्त तर दृढ वाणीमा आफ्नो पतिलाई भनिन्, ‘स्वामी जानुहोस्, विद्या ग्रहण गर्नुहोस् र विद्वान बनेर घर फर्कनुहोस् ।’ कालिदासका लागि यो शब्द प्रकाश–स्तम्भ बन्न पुग्यो । यसबाट आगोबाट खरानी झर्दा आगो प्रज्वलित भएजस्तै उनको सुषुप्त शक्तिहरु ब्युँतिन थाले । कालिदासले विद्याध्ययन गरे र यति धेरै परिश्रम गरे कि संस्कृतमा उनी बराबरको कोहि विद्वान रहेन । एक मुर्ख ब्यक्तिबाट कालिदास संस्कृतका महाकवि र नाटककार कालिदास बने ।

यो अपुर्व चमत्कार मनुष्यमा थुप्रै अद्भुत शक्तिहरु सुतिरहन्छ र त्यसलाई ब्युताएपछि उ साधारणबाट महान् बन्न सक्छ भन्ने कुराको प्रमाण होईन ? वास्तवमा विशेस अवसर, घटना, आदिले मनुष्यभित्र सुतेको सिंहको व्यक्तित्व ब्युताइदिन्छ र उसलाई अपुर्व शक्ति प्रदान गर्दछन् । आफनो जीवनको महानता र ईश्वरको एकतालाई बाँध्ने मानिरहरुबाट आदर्श एवम् उच्च जीवनको आशा गर्न सकिन्छ । वकिल, डाक्टर र राजनीतिज्ञहरुको तुलनामा संसारलाई प्रेरणा दिने महापुरुषहरुको बढी आवश्यकता छ । विश्वलाई आज ठुला–ठुला व्यापारी वा मिल–मालिक होईन, बरु लिंकनजस्तो महान् व्यक्ति चाहिएको छ ।

आफ्नो चारैतिर भेडाजस्तो मानिसहरु भएकोले तपाईले आफ्नो सिंहको व्यक्तित्व बुझ्न नपाए पनि कुनै समयमा त तपाईलाई त्यसको सत्ताको अनुभव हुन्छ होला । आत्मा को शक्तिहरु प्रकट गर्ने यो आवाज जहाँ पनि सुन्न सकिन्छ । आजको नयाँ दर्शनले मनुष्यका यहि सुतेका शक्तिहरुलाई जगाउने महान कार्य आफ्नो हातमा लिएको छ । यस विचारधाराबाट मनुष्यले नयाँ जीवन पाउँछन्, त्यसपछि ती पुरानो मनुष्यमा नै एक नयाँ मनुष्य प्रकाशित हुनपुग्छ । हीनताका सबै भाव मेटिएर आत्मविश्वासले भरिएको सागर उर्लिन थाल्छ ।

विगत हजारौं वर्षमा रसायन तथा भौैतिक–विज्ञानका नियम केहि परिवर्तन नहुँदा पनि थुप्रै वैज्ञानिकले पनि थुप्रै नयाँ आविष्कार गरेर देखाएका छन् । आज भन्दा धेरै वर्ष अघि न्युटनसँग जुन सामाग्री थिए, एडिसनसँग पनि करिब त्यहि सामग्री थियो । तै पनि एडिसनले तिनै सामाग्रीबाट कति नयाँ आविष्कार गरे । मनुष्य स्वभाव आज पनि त्यहि छ, जुन आजभन्दा कैयौं वर्ष पहिले थियो । तर आज हामी उनको शक्तिहरुमा कति धेरै विकास र प्रगति देखिरहेका छौं । नयाँ दर्शनले नयाँ प्रतिक्षामा सुतिरहने हामी भित्रको त्यो अज्ञान शत्तिलाई ब्युताईदिन्छ । यसले कोलम्बसले जस्तै हामीलाई कहिल्यै थाहा नभएको हामीभित्रको त्यो भुमिको खोजि गर्दछ ।

हामीले अहिलेसम्म आफ्नो सबै शक्तिको प्रयोग गरेका छैनौं भन्ने प्रमाण हाम्रो आफ्नो जीवनप्रतिको वर्तमान असन्तोष हो । जीवनमा सन्तुष्टि प्राप्त नभएसम्म हामी त्यसका लागि संघर्ष गरिरहन्छौं ।

अन्तरआत्माले हामीलाई हामीभित्र एउटा अत्यन्त सुन्दर एवम् महान व्यक्तित्व छ भन्ने बताउँछ, जसलाई हामीले अहिलेसम्म प्रकट गरेका छैनौं । संसारमा कतिपय यस्ता मानिस पनि छन्, जो व्यार्थमा जीवनभर जादुको लठ्ठीले आफुलाई स्वात्तै माथि उठाईदिऊन्, सबै आकांक्षा पुरा गरि आफ्नो आत्माको प्यास बुझाईदिऊन् तथा आफ्नो सपना साकार परिदिऊन् भन्ने चमत्कारको प्रतिक्षा गर्छन् । यदि तपाई पनि आफुलाई अमर जीवन दिनसक्ने, तपाईको युगौंको प्यासि आत्मालाई तृप्त गर्नसक्ने पानिको त्यस्तो कुनै झरनाका लागि चमत्कारिक शक्तिको प्रतिक्षा गरिरहनुभएको छ भने नयाँ दशैनको तटमा आएर यो अमेतपान गर्नुस् र प्यास मेटाउनुस् ।

हामी आज जे छौं, त्यो ईश्वरको महान शक्तिको एक अंश हो । तर यहि सानो अंशले पनि हामीलाई भावि महान् जीवनको सन्देश दिनेगर्छ । उक्त महानतालाई प्राप्त नगरेसम्म हामी विश्रा मगर्दैनौं ।यस तुच्छ जीवनमा पनि महानता लुकेको हुन्छ भन्ने प्रेरणाले हामीलाई बताउँछ, जसलाई प्रकाशित गरि हामीले त्यसको उपयोग गर्नुपर्छ । भविष्यको यस महान जीवनको ज्ञानले हामीलाई वर्तमानको सिमाबाट माथि उठाईदिन्छ । साँच्चै भन्ने हो भने हाम्रो आजको जीवन आगामी महान जीवनको भविष्यवाणी हो, त्यसलाई हामी प्राप्त गर्दछौं । त्यहि हाम्रो जीवनको लक्ष्य हो ।