गृहमन्त्री अर्यालविरुद्ध सुदनको निरन्तर प्रहार : ‘बच्चाहरूको रगत चाट्दै गृहमन्त्री’

शनिबार, ६ मंसिर २०८२

काठमाडौं— गृहमन्त्री ओमप्रकाश अर्यालमाथि ‘बच्चाहरुको रगत चाटेको’ आरोप लागेको छ ।

जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले गृहमन्त्री अर्यालको कार्यक्षमतामाथि प्रश्न उठाउँदै ‘बच्चाहरुको रगत चाटेको आरोप लगाएका हुन् ।

प्रधानमन्त्रीले यस्तो मान्छेलाई किन गृहमन्त्री बनायो भनेर अचम्म लागिरहेको बताउँदै सुदनले अर्याललाई लुते गृहमन्त्रीको संज्ञा दिएका छन् ।

उनले फेशबुकमा ‘गृहमन्त्रीले काकालाई डिआईजी बनाउन सशस्त्र प्रहरिको दरबन्दी संशोधन ठूलो विवाद सुरु’ लेखिएको एउटा समाचार–तस्विर सेयर गर्दै यस्तो टिप्पणी गरेका हुन् ।

उनले भनेका छन्,‘बच्चाहरुको रगत चाट्दै गृहमन्त्री । प्रधानमन्त्रीले यस्तो मान्छेलाई किन गृहमन्त्री बनायो भनेर एकदम अचम्म लागिरहेको छ ।’ सुदन हिजो बाराको सिमरामा भएको घट्नापछि वार्ताको लागि पुगेका थिए । उनी आँफै वार्तामा सहभागी भएका थिए ।