मोटिभेटमा प्रकाशित समाचारमा अर्विट मेडिकल इन्ट्रान्सको खण्डन

बुधबार, ९ पौस २०८२

काठमाडौं – मोटिभेट न्यूजमा प्रकाशित तीन वटा समाचारमा अर्विट मेडिकल इन्ट्रान्सले खण्डन पठाएको छ । अर्विटका संचालक सुनिल रेग्मीले २०७८ चैत २२ गते प्रकाशित ‘प्रभु बैंकले लात हानेपछि माछापुच्छ्रे बैंकको शरणमा पुगे सुनिल’, २०८२ साल मंसिर २५ गते प्रकाशित ‘कन्सल्टेन्सी मै पुग्छ प्रभु बैंकको नक्कली शैक्षिक कर्जा, सीईओ कै छ मिलेमत्तो’ र २०८२ पुत ६ गते प्रकाशित ‘अर्विटका सुनिललाई पनि पक्राउ गर्ने सीआईबीको तयारी’ शीर्षकमा सम्प्रेषित समाचारको खण्डन पठाएका हुन् । जुन यसप्रकार छ ।