नेकपाले सभामुखको टुंगो नलगाउँदा संसद बन्धकमा

आइतबार, २० पौस २०७६

काठमाडौं–संघीय संसदको पाँचौँ अधिवेशन सुरु भएको १५ दिन बित्दा पनि प्रतिनिधिसभाको बैठक सुचारु हुन सकेको छैन । दुईपटक सूचना टाँस गरी संसद बैठक सारिएको छ ।

विभिन्न विद्येयकहरु विचाराधीन भएको प्रतिनिधिसभा यसरी सुचारु नहुनुको मुख्य कारण नेकपाले सभामुखको उम्मेदवार छनोट गर्न नसक्नुलाई लिइएको छ । सत्तारुढ नेकपामा सभामुखमा कसलाई लैजाने भन्नेमा सहमति कायम हुन नसक्दा समस्या बल्झिदै जान थालेको हो ।

पछिल्लो समय पटकपटक भएका भेटघाट र छलफलमा सहमतिको प्रयास भएपनि दुवै अध्यक्षले आआफ्नो अडान कायम राख्दा प्रतिनिधिसभा बैठक अनिश्चितजस्तो भएको छ । उक्त समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ । यो समाचार सविन शर्माले लेखेका हुन् ।