अनियमितताको ढाकछोप गर्न वडा अध्यक्षको विज्ञप्तिबाजी, यसरी भयो झुटको पर्दाफास
कालिकोट – रास्कोट नगरपालिका वडा नम्बर ८ का बडा अध्यक्ष कृष्णप्रसाद धमला आफ्नो कर्तुत ढाकछोप गर्ग विज्ञप्तिबाजीमा उत्रिएका छन । राहत वितरणका विषयमा भएको विवादपछि स्थानिय युवालाई छोरो लगाएर कुटपिट गरेको विषय मोटिभेट न्यूजले सार्वजनिक गरेपछि वडा अध्यक्ष झुट बोल्दै विज्ञप्तिबाजीमा उत्रिएका हुन ।
वडा अध्यक्ष धमलाले राहत वितरणमा अनिममितता त के कसैसँग झडपसमेत नभएको बताएका छन । शुक्रबार एक विज्ञप्ति जारी गर्दै वडामा यस्ता खालका कुनैपनि घटना नघटेको भँदै झुट बोलेर आफ्नो पदिय मर्यादाको खिल्ली उडाएका छन । पिडित रास्कोट ८ कै धर्मराज विकले आफूलाई वडा अध्यक्षले मार्न खोजेको समेत आरोप लगाउँदा केही भएको छैन भन्दै पानी माथिको ओभानो बन्न खोज्नु अनियमितता र डनगीरीलाई ढाकछोप गर्नु हो ।
मोटिभेट न्यूज डटकमसँग कुरा गर्दै पिडित युवा धर्मराज विकले स्थानिय जनता र प्रहरीका कारण आफू बाँचेको प्रतिक्रिया दिएका छन । विकले भनेका छन्, ‘मलाई मार्न भनेरै आएका थिए, योजनाबद्ध रुपमा ममाथि प्राहर भयो ।’ राहतमा अनियमितता भएको आरोप लगाउने वित्तिकै जनतामाथि नै कुटिपिट गर्दै आफ्नो कर्तुत लुकाउन वडा अध्यक्ष आफै लागि परेको यो घटनाले स्पष्ट पारेको छ ।
वडा नम्बर ८ मा बास्तविक पिडितले राहत पाएका छैनन् भने वडा अध्यक्षका आसपासका परिवारलाई राहत दिएको भन्दै चर्को विरोध भइरहेको छ ।
राहतमा पक्षपात छैन
सक्तारुढ नेकपाका वडा अध्यक्ष नवराज बरालले वडामा अनियममितता नभएको बताएका छन । मोटिभेट न्यूज डटकमसँग कुरा गर्दै बरालले आफूले निश्पक्षरुपमा राहत वितरणका लागि परिवार छनोट गरेको उनको भनाई छ । सबैभन्दा बढि विवादित बनेको सावविकको फूकोट ८ मा बराल नेतृत्वको टोलीले विपन्न परिवार छनोट गरेको थियो ।
उनले यसअघि प्रकाशित समचारमा पूर्वएमाले वा माओबादी भनेर भेदभाव नगरिएको समेत बताएका छन । तर स्थतगत रुपमा बुझ्ना केही अतिविपन्न परिवारलाई राहत नदिएर पक्षपात गरेको स्थानियको आरोप छ ।
हेर्नुहोस् पिडित युवाको वयान
राहत वितरणमा अनियममितता भएको भन्दै वडा अध्यक्षमाथि कुटपिट, निरिह नगर प्रमुख
