४ वर्षीया बालिका बलात्कृत, बलात्कार गर्ने युवा पक्राउ

शनिबार, ६ बैशाख २०७७

बर्दिया – ४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका १ फूलबारी बस्ने १५ बर्षीय मुस्कान थारुलाई प्रहरीले पक्राउ गरेको छ ।

थारुले ती बालिकालाई जबरजस्ती करणी गरेको सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय बनियाभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।