रास्कोट नगरपालिकाको सूचना, घर बाहिर हुनुहुन्छ ? फोन गर्नुहोस् (फोन नम्बरसहित)
कालिकोट – कालिकोट जिल्लाको रास्कोट नगरपालिकाले नगरपालिका बाहिर रहेका नगरबासीहरुलाई सम्पर्क गर्न आग्रह गरेको छ । नगरपालिकाले आज एक अत्यान्त जरुरी सूचना जारी गर्दै लकडाउनका कारण समस्यामा परेका जनतालाई सम्पर्क गर्न आग्रह गरेको हो ।
नगरपालिकाका मेयर काँशीचन्द्र बरालद्वारा जारी सूचनामा देशका विभिन्न ठाउँमा रहेर समस्यामा परेका र विदेशमा रहेकाहरुलाई समेत उद्धार गर्न लागिएको जनाइएको छ । समस्यामा परेका व्यक्तिहरुले ९८४८५७२६२६ र ९८४८३०५८०९ मा टेलिफोन गरेर सम्पर्क गर्न सकिने छ ।
