राहत वितरणमा सक्रिय विप्लवका कार्यकर्ता

आइतबार, ७ बैशाख २०७७

जाजरकोट – विश्व नै अहिले कोरोनाको महाविपत्तीले आक्रान्त छ । नेपालीहरु पनि यसको जोखिमलाई कम गर्न आ–आफ्नै ठाउँबाट प्रयत्न गरिरहेका छन् ।

यसै क्रममा कोरोना संक्रमणको जोखिमलाई कम गर्न विप्लव नेतृत्वको नेकपाका दुई भातृ संगठन युवा संगठन नेपाल र अखिल (क्रान्तिकारी) जाजरकोटले संयुक्त रुपमा जिल्लाका विभिन्न स्थानमा मानिसहरूलाई जनचेतना फैलाउँदै मास्क र साबुन वितरण गरेका छन ।

केही हप्ताबाट कोरोना विरुद्धको अभियानमा सक्रिय रहेका यी दुई संगठनले संयुक्त रुपमा राहत वितरण देखि जनचेतना फैलाउने काममा निरन्तर आफ्नो अभियान सञ्चालन गरिरहेको छ ।

राज्यका अंगहरु यस संकटकको घडीमा आफ्ना नागरिक प्रती अनुत्तरदायी भएको आरोप लगाउदै अखिल (क्रान्तिकारी) जाजरकोटका अध्यक्ष विजय शाहले सामाजिक दुरीलाई ध्यान दिँदै आफुहरुले यस अभियानलाई निरन्तरता दिएको बताए ।

विद्रोही नेकपाले देशैभर जनचेताका फैलाउँदै जनतामा राहत तथा सुरक्षाका समाग्री वितरण गरिरहेको छ ।