अध्यक्षबिरूद्ध आएका समाचारमा कुनै सत्यता छैन : सानिमा बैंक
काठमाडौं – सानिमा बैंकले तथ्यहीन एवं भ्रामक समाचार नलेख्न अनलाइन संचार माध्यमलाई आग्रह गरेको छ । माटिभेट न्यूजमा सम्प्रेषित ‘बैंकबाट हरायो २ अर्व १२ करोड, अध्यक्षले चोरेको आशङ्का’ शीर्षकको समाचार खण्डनसहितको विज्ञप्तिमा बैंकले यस्तो आग्रह गरेको हो ।
बैकले विगत केही समयदेखि केही अनलाइन संचार माध्यममा यस बैंकका अध्यक्षको फोटो समेत राखि बैंकबाट प्रवाह भएको कर्जाका बारेमा भ्रामक, अनर्गल, गलत तथा तथ्यहीन समाचार प्रकाशित गरी सर्वसाधारणमा भ्रम फैलाएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
विभिन्न संचार माध्यममा आएको कर्जा सम्बन्धी समाचारमा सत्यता नभएको बैंकका सेयरधनी, ग्राहकवर्ग, नियामक निकाय तथा सर्वसाधारणमा सुसूचित गराउन चाहेको बैंकले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
तथ्यहीन एवं भ्रामक समाचार प्रचार प्रसार नगर्नु हुन सवैलाई अनुरोध सँगै यस्ता भ्रामक गतिविधिका विरुद्ध बैंक कानूनी कारवाहीको प्रक्रिया समेत अघि बढाउन बाध्य हुने बैंकले जनाएको छ ।
बैंकले विज्ञप्तिमा जे भने पनि अध्यक्ष तुक प्रसाद पौडेलले पैसा हराएको विषयमा बैंकले छानविन समिति बनाएर छानविन गरिरहेको बताए । सामाजिक सञ्जाल ह्वासएपमा म्यासेज पठाउँदै उनले छानविन समिति बनाएको बताएका हुन् ।
