२० औं घलेगाउँ महोत्सव सुरु… (फोटो फिचर)
बैशाख २३, लमजुङ – नेपालमै पहिलो ‘स्मार्ट भिलेज’ बनाउने अभियान थालेको लमजुङको पर्यटकीय घलेगाउँमा २० औं घलेगाउँ महोत्सवमा आजदेखि सुरु भएको छ । पौराणिक लोक संस्कृतिको संरक्षण, सम्वद्र्धन तथा विकास, प्राकृतिक स्रोत–साधनको सदुपयोग गर्न, पौराणिक हास्तकला सामग्री तथा लोकल कृषि उपजको जगेर्ना गर्न, ग्रामीण पर्यटनको प्रचारप्रसार, पर्यटनबाट समृद्धि सम्भव छ भनी सन्देश फैलाउन र घलेगाउँलाई ‘स्मार्ट भिलेज’ को रुपमा चिनाउने उद्धेश्यले नै २० औँ घलेगाउँ महोत्सव मनाइँदैछ ।

यो बर्ष “प्राकृतिक सुन्दरता, गुरुङ कला संस्कृति र घरवास, घलेगाउँ समृद्विको आधार स्मार्ट भिलेज, स्थानीय लोक संस्कृति संरक्षण र प्रवर्द्धन, ग्रामीण पर्यटनको विकासको पूर्वाधार” भन्ने नाराका साथ सुरु गरेको महोत्सव आगामी २५ गतेसम्म चल्ने छ ।

कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेशका उद्योग,वन तथा पर्यटनमन्त्री माननीय विकास लम्सालले महोत्सवको उद्घाटन गरेका थिए ।
महोत्सवमा गुरुङ संस्कृति (घाँटु, सोरठी, सेर्का, घ्याब्रे, कृष्णचरित्रलगायतका पौराणिक नृत्य प्रदर्शनी भइरहेको छ ।

घले गाउँ पर्यटन विकास समितिका अध्यक्ष प्रेम घलेले घले गाउँलाई स्मार्ट भिलेज को रूपमा चिनाउन सडक निर्माण र स्तरोन्नति र पूर्वाधार विकासमा गण्डकी सरकारले ध्यान दिनुपर्ने बताए ।

