स्लिपिङ ट्यावलेट बिना निदाउनै नसक्ने सीईओलाई अर्को तनाव
काठमाडौं – स्लिपिङ ट्यावलेट बिना निदाउनै नसक्ने नविल बैंकका सिईओ ज्ञानेन्द्र ढुंगानालाई अर्को तनाव थपिएको छ । बैंकको नाफा बढाउन अप्राकृतिक कर्जा प्रवाह गर्दा तनावको पारा चढेको हो ।
नबिल बैंकको फोन लोन अन्तर्गत ऋण लिएर नतिर्नेको संख्या बढेपछि ढुङ्गानालाई छटपटी भएको छ । बैंकले आजमात्रै यस्तो ऋण नतिर्ने ७४ व्यक्तिको नाम सार्वजनिक गरेको छ ।
बैंकसँग गरिएको कारोबारको इतिहासको आधारमा बैंकले विश्वास गरेर दुई लाख रुपैयाँसम्म बिना धितो ऋण दिएका ग्राहकले ऋण नतिरेपछि बैंकले ७४ जना व्यक्तिको नाम सार्वजनिक गरेको हो ।
बैंकले विभिन्न संस्थामा काम गरी नियमित रुपमा बैंक पेरोलमार्फत् तलब भुक्तानी हुँदै आएका व्यक्तिलाई त्यस्तो रकमको आधारमा २ लाख रुपैयाँसम्म कर्जा दिँदै आएको थियो । यसका लागि बैंकसम्म जानु नपर्ने र धितो पनि नचाहिने व्यवस्था गरेको थियो ।
तर, त्यसरी ऋण लिएर तिर्न असमर्थ भएका व्यक्तिको नाम सार्वजनिक गर्दै ३५ दिनभित्र त्यस्तो कर्जा तिर्न बैंकले आग्रह गरेको हो । सो अवधिभित्र सम्पर्कमा नआएमा ऋणीलाई कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइने बैंकको रिपोर्टमा उल्लेख गरिएको छ ।
