तीन विश्व चर्चित क्रिकेट स्टारको डिभोर्स

शुक्रबार, ८ चैत्र २०८१

काठमाडौँ – तीन जना क्रिकेटर स्टारको सम्बन्ध बिच्छेद भएको छ । तीन बर्षमा स्टार क्रिकेटर युजवेन्द्र चहल, शिखर धवन र अलराउन्डर हार्दिक पाण्ड्याकाे डिभाेर्स भएकाे हाे ।

युजवेन्द्रले धनश्री वर्मासँगकाे चार वर्षको वैवाहिक जीवनपछि बिहीबार मात्रै सम्बन्ध विच्छेद गरेका छन्।भारतीय क्रिकेट टीमका स्टार स्पीनर युजवेन्द्र चहल र उनकि पत्नी धनश्रीबीच आधिकारिक रुपमा सम्बन्ध विच्छेद भएको छ ।

यी दुवैको सम्बन्ध विच्छेद मुम्बईको बान्द्रास्थित फेमिली कोर्टमा चैत्र ७ गते बिहिबार भएको हो । हिजो बिहिबार कोर्टले दुवै दम्पतिलाई सम्बन्ध विच्छेदको लागि मन्जुरी दिएको थियो ।

चहलका वकिल नितिन कुमार गुप्ताले कोर्टले सम्बन्ध विच्छेदको निवेदनलाई स्वीकृति प्रदान गरेको बताएका छन् । साथै कोर्टले दुवै पक्षको याचिका स्वीकार गरेको र अब उनीहरु पति पत्नी नरहेको फैसला गरेको थियो ।

सम्बन्ध विच्छेदपछि चहले धनश्रीलाई ४ करोड ७५ लाख दिनुपर्ने भएको छ । चहलले यसअघि धनश्रीलाई २ करोड ३७ लाख ५० हजार दिईसकेका छन् । दुवै दम्पती सन् २०२२ देखि अलग अलग बस्दै आएका थिए ।