तीनवटा बैंक डुबाएका ढुङ्गाना नेपाल राष्ट्र बैंकको गभर्नर बन्ने दौडमा
काठमाडौँ – तीनवटा बैंक डुबाएका ज्ञानेन्द्र ढुङ्गाना नेपाल राष्ट्र बैंकको गभर्नर बन्न दौडधुप छन् । राष्ट्र बैंकको लगानीमा विदेश पढेका ढुंगाना फर्किए लगत्तै राष्ट्र बैंकलाई नै लात हानेर बैंक अफ कठमाडौबाट पुनः जागिर सुरु गरेका थिए ।
उनले नेतृत्व गरेका बैंक अफ काठमाडौैँ, एनसीसी बैंक र नेपाल बंगलादेश बैंक अस्तित्वमा छैनन् । बैंक डुवाएका व्यक्ति गभर्नर बन्दा देशको अर्थतन्त्र कस्तो बन्ला ? एउटा बहसको विषय बनेको छ । निजी बैंकमा छँदाकै अवस्थामा गभर्नर बनाउँदा कुलिङ पिरियडको प्रश्न उठ्न सक्ने देखिएपछि उनी निजी बैंकबाट अलग भएका छन् ।
उनले आइतबार नै बैंकको कार्यकारी प्रमुखबाट राजीनामा दिएका छन्। नेपाल बंगालदेश बैंकलाई नबिल बैंकमा मर्जर गराएयता ढुंगाना बैंकको सीईओ रहँदै आएका थिए। दुई वर्षका लागि पहिलो कार्यकालमा नियुक्त भएका ढुंगाना दोस्रो कार्यकालका लागि पुनर्नियुक्ति पाएका थिए।
मन्त्रिपरिषद्ले सोमबार नै गभर्नर सिफारिस समिति गठन गरिसकेको छ । अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा बनेको सिफारिस समितिमा अर्थशास्त्री विश्व पौडेल र पूर्वगभर्नर विजयनाथ भट्टराई सदस्य रहेका छन्।