कुलमानलाई भष्ट्राचारी भन्ने सांसदको नालीवेली, जसले ब्यापारीसंग कुम्ल्याए करोडौं ?

मंगलबार, ७ जेष्ठ २०७६

काठमाडौं – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई भष्ट्राचार गरेको आरोप लगाउँदै सार्वजनिक लेखा समितिमा हप्काउने सांसद अमनलाल मोदीले ब्यापारीसंग करोडौं कुम्ल्याएको संका गर्न थालीएको छ ।

समितिमा उपस्थित भएका घिसिङले आफूले भ्रष्टाचार गरेको प्रमाणित भए झुण्डिएर मर्ने चेतावनी दिएपछि सांसदनै विकेको आसंका गरिएको हो । नेपाल विद्युत प्राधिकरणभित्र भ्रष्टाचार भए – नभएको सत्यतथ्य बाहिर ल्याउन छानबिन समिति गठन गरिएको भन्दै त्यसमा संका नगर्न प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएपछि मोदी चर्र्किएर कुलमान माथि खनिएका थिए ।

मंगलबार संघीय संसदको सार्वजनिक लेखा समितिको बैठकमा सत्तारुढ नेकपाका सांसद अमनलाल मोदीले डेडिकेटेड फिडर तथा ट्रंकलाइन उपयोग गर्ने उद्योगी तथा व्यापारीहरुसँग बक्यौता रकम असुली गर्ने नाममा ९ अर्ब बढी भ्रष्टाचार गरेको आरोप लगाएपछि घिसिङले त्यो आरोप प्रमाणित भए आफू झुण्डिएर मर्न तयार रहेको चेतावनी दिएका हुन् ।

कार्यकारी निर्देशक घिसिङले सांसद मोदीलाई सांसद भए भन्दैमा जथाभावी आरोप लगाउने काम नगर्न पनि सचेत गराए । उनले प्राधिकरणले बिलिङ गर्दा कुनै गल्ती गरेको भए त्यसलाई छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउन दुई वटा छानबिन समिति गठन गरेर कामलाई अघि बढाइएको पनि बताए ।

सार्वजनिक लेखा समितिको बैठकमा प्राधिकरणको तर्फबाट कुलमानले आफ्नो भनाइ राखिसकेपछि सभापति भरत शाहले सांसदहरुलाई बोल्ने समय दिए । त्यसपछि सांसद मोदीले लोडसेडिङ हटाएको जस लिएर कुलमानले प्राधिकरणमा भ्रष्टाचार गरिरहेको आरोप लगाए ।

जे गल्ती गरे पनि लोडसेडिङ हटाएको जस लिएर उम्किन्छु भन्ने लोभमा कुलमानमा दम्भ बढेको आरोप उनको थियो । खासगरी स्वदेशी उत्पादन बढाउनुको साटो कमिसनको खेलमा भारतबाट विद्युत आयात गरी लोडसेडिङ हटाएको मोदीले जिकिर गरे ।

को हुन कुलमान माथि खनिने मोदी ?

अमनलाल मोदी सत्तारुढ नेकपाको तर्फबाट प्रतिनिधि सभाका सांसद हुन । उनी २०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा मोरङ ४ बाट प्रत्यक्ष निर्वाचित भएका थिए । तत्कालीन नेकपा माओबादी केन्द्रका नेता मोदी अघिल्लो पटक संसदमा भएको कुर्षि फालाफाल काण्डमा मुछिएको थिए । संघियताको विषयमा संसदमा भएको विवादपछि मोदिले आफू बसेको कुर्षि उठाएर रोस्टम तिर फालेका थिए ।

विराटनगरका केही सोलार इन्भटर ब्यापारीसंग राम्रो सांटघाट भएका मोदीले नेपालमा फेरी लोडसेडिङ गराउन खोज्ने गिरोहको पछि लागेर कुलमानमाथि प्रहर गरेको बताइएको छ । चुनावमा लिएको खर्च तिर्नका लागि उनले मिनी संसदमा कुलमानको झाँको झारेको एक जना प्रतिनिधि सभाका साँसदले बताए । नाम उल्लेख नगर्ने सर्तमा नेकपाकै सांसदले भने, चुनावमा खर्च गर्नका लागि लिएको करोडौं रकम चुत्ता गर्नका लागि उनले हंगामा मचाएका हुन । कुलमानले भष्ट्राचार गरे नगरेको छानविन समितिले स्पष्ट पार्ला तर लोडसेडिङ अन्य पछि जसरी कुलमानलाई कमजोर बनाउने खेल सुरु भएको छ यसैको निरन्तरता स्वरुप मोदी कमरेडलाई प्रयोग गरिएको छ ।’

यो पनि पढ्नुहोस

कुलमानसंग सांसद मोदीले पाँचलाख घुस मागेको खुलासा ? को हुन पाँच लाख माग्ने मोदी ?