आज सुनचाँदीको मूल्य सामान्यरुपमा बढ्यो

बिहिबार, ४ मंसिर २०८२

काठमाडौं— नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

बिहीबार सुनको मूल्य ७ सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार २ लाख ४२ हजार ३ सयमा कारोबार भइरहेको सुन आज २ लाख ४३ हजारमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य ३५ रुपैयाँले बढेको हो । जसका कारण आज चाँदी ३ हजार १ सय ८५ रुपैयाँमा कारोबार भएको छ ।