दुर्गा प्रसाईंका समर्थकले गरे नेपाल बन्दको घोषणा

बिहिबार, ४ मंसिर २०८२

काठमाडौं— दुर्गा प्रसाईंका समर्थकले नेपाल बन्दको घोषणा गरेका छन् ।

प्रसाईंको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले आन्तरिक सर्कुलर गर्दै सबै अञ्चल र जिल्ला अध्यक्षलाई मंसिर ७ गतेदेखि नेपाल बन्द गर्न गराउन निर्देशन दिएको छ ।

मंसिर ७ गते काठमाडौंलगायत देशैभरि अनिश्चितकालका लागि नेपाल बन्द गर्न र गराउन महाअभियानले अनुरोध गरेको छ ।