एमालेको युथ भोलेन्टियर फोर्सका प्रमुखको होस उडाउने फाइल खुल्यो
काठमाडौं— एमालेले गठन गरेको युथ भोलेन्टियर फोर्सका प्रमुखको होस उडाउने अपराधको फाइल खुलेको छ ।
फोर्सको प्रमुखको जिम्मेवारी पाएका पुष्पराज श्रेष्ठमाथि सातभन्दा बढी मुद्दा भेटिएका छन् । प्रहरीको सीआरएसमा उनीमाथि ज्यान मार्ने उद्योग, अपहरण, अभद्र व्यवहारदेखि ठेकदारलाई धम्क्याएको जस्ता गम्भीर मुद्दा दर्ता भएका छन् भने थुप्रै पटक पक्राउ परेर छुटेका ट्र्याक रेकर्ड छ ।
माइतीघरस्थित कार्की बान्क्वेटमा आयोजित कार्यक्रममा एमाले जनसंगठन संयोजक भानुभक्त ढकालले ११ सदस्यीय कमाण्ड घोषणा गर्दै प्रमुख पदमा पुष्पराज श्रेष्ठलाई नियुक्त गरेका हुन् ।
२०६३ सालदेखि लगातार ज्यान मार्ने प्रयास, कुटपिट, लुटपाटदेखि अपहरणसम्मका मुद्दा खेपेका श्रेष्ठलाई एमालेले किन र कसरी महत्वपूर्ण जिम्मेवारी दियो भन्ने प्रश्नले राजनीतिक वृत्त तताएको छ।