केपी ओलीमाथि ७७ जनाको रगतले नपुगेर थप रत्तपात मच्चाउन खोजेको आरोप
काठमाडौं— केपी ओलीमाथि ७७ जनाको रगतले नपुगेर थप रत्तपात मच्चाउन खोजेको आरोप लागेको छ ।
जेनजी विद्रोहको धुवाँ सेलाउन नपाउँदै, ओली सरकारले दागेका गोलीका घाउ सुक्न नपाउँदै ओली प्रवृत्ति पुनः जागेको भन्दै जेनजी युवाहरुले देशलाई फेरि रक्तपात र विध्वंसतिर धकेल्ने जोखिम बढाएको आरोप लगाएका छन् ।
ओलीको हठ, दम्भ, अहंकार र जनतालाई हेप्ने प्रवृत्तिका कारण थप रक्तपापातपूर्ण अवस्था बन्ने खतरा रहेको उनीहरुको विश्लेषण छ ।
७६ जनाको ज्यान जाने र हजारौँ युवाको अंगभंग हुने गरी ओली —लेखकहरुले मच्चाएको रक्तपात एवं नरसंहारका खाल भेटिएका छैनन् ।
ती त्रासदीकाबीच मुलुकले फेर्न खोजेको सासलाई नै कसैले थिचेर दबाउन खोजेजस्तो अनुभूति अहिले धेरैलाई भइरहेको छ । किनभने ओली समूह फेरि युवालाई प्रतिशोधको हतियार बनाउनतिर लागिरहेको छ । शान्तिपूर्ण राजनीति होइन, बाटाघाटामै ताण्डव मच्चाएर शक्ति प्रदर्शन गर्ने तयारी गरिरहेको छ ।
युवाहरू परिवर्तनको भाषा बोल्दै छन् तर पुरानो सत्तामुखी अहंकार त्यसलाई सहन नसकिरहेको आवाजहरू सार्वजनिक बहसमा सुनिन थालेका छन् । सडकबाट आएको जनआक्रोशसँग बहस गर्दै होइन, भिडन्त गर्दै सामना गर्ने प्रवृत्ति देखिएको छ ।
राष्ट्रपतिको पहलमा गरिएको अन्तरिम व्यवस्थालाई पनि अस्थिर बनाउने, अविश्वास बढाउने अनि अराजकताको सहारामा आफ्नो राजनीति पुनर्जीवित गर्ने प्रयास देशका निम्ति घातक छ । केही न्यायिक पृष्ठभूमि भएका पुराना पात्रहरू समेत परोक्ष रूपमा यस खेलमा तानिँदै गएको चर्चा झन् गम्भीर छ।
तर एउटा कुरा स्पष्ट छ— नेपाली जनताले फेरि रक्तपात र प्रतिक्रान्ति हेर्न चाहँदैनन् । जनताले रगत बगाएर ल्याएको परिवर्तन र जुक्तिपूर्वक जोगाएको संविधान जोखिममा पार्ने कुनै पनि खेल अब स्वीकार्य छैन ।
अन्तरिम सरकारकी प्रमुख सुशीला कार्कीप्रति धेरै नागरिकको भरोसा छ । उनको निष्पक्ष र भ्रष्टाचारविरोधी छविको कारण यो सरकारको स्वीकार्यता पनि उच्च छ । यस्तो नेतृत्वले मुलुकले नयाँ प्रकारको अभिभावक पाएको महसुस गराएको छ । यो कुरा केपी ओली प्रवृत्तिलाई पचेको छैन । यही कारण ओली प्रवृत्तिलाई असजिलो भएको छ ।
सिमराको सडकले पनि एउटा स्पष्ट सन्देश दिएको छ— अहंकारी राजनीति अब जनताले सहँदैनन् । बारामा देखिएको प्रतिवाद कुनै साधारण झडप थिएन त्यो जनता कति रिसाइरहेका छन् भन्ने चीत्कार थियो ।
आफ्नो निजी अहंका निम्ति युवाहरूलाई लड्न र भिड्न उक्साउने शैली अब काम नलाग्न पनि सक्छ । देशभरबाट ओलीको जवाफदेहिताको खोजी भइरहेको छ । उनलाई जाँचबुझ आयोगको कठघरामा उभ्याउनुपर्ने आवाज देशभरबाट उठिरहेको छ । यदि उनले अझै बलजफ्ती भदौ २३ र २४ दोहोर्याउन खोज्छन् भने जनताको प्रतिरोध अझै कठोर हुनेछ, जसले नेपालभर एमालेभित्रको आन्तरिक असहमति र फुटलाई झनै विष्फोटक बनाइदिन सक्नेछ ।
एउटा यथार्थ के छ भने एमालेभित्रै ओलीको शैलीसँग असन्तुष्टि र आक्रोश बढ्दो छ । सत्तामा राइँदाइँ गरेर बसेको उनको समूहलाई युवाले लखेटेकै हुन् । उनको निरंकुश शैलीका विरुद्ध जनता जागेकै हुन् । ओलीको अहंकार दम्भका अभिव्यक्तिप्रति जनआक्रोश कुन हदसम्म छ भन्ने बाराको सिमरामा देखिइसकेको छ ।
अझै पनि बलजफ्ती गर्न खोजे मुलुकभरबाट एमालेहरु लखेटिने दिन आउन सक्छन् । भलै एमालेभित्र पनि ओलीको कार्यशैलीप्रति असहमत जमात ठूलै भइसकेको छ र महाधिवेशनमा उनलाई चुनौती दिन ईश्वर पोखरेलको नेतृत्व र विद्या भण्डारीको संरक्षणमा एउटा बलियो खेमा तयार भइसकेको छ ।
तसर्थ अब मुलुकमा रक्तपात निम्त्याएर परिवर्तन उल्टयाउने र चुनाव भाँड्ने सपना ओलीले नदेखे हुन्छ । उनको दम्भ र अहंकार जोगाउनका निम्ति कुनै पनि एमाले युवाले आफ्नो ज्यानको बाजी लगाउने छैनन् ।