प्रतिबन्धित नेकपाको काठमाडौं जिल्ला सेक्रेटरी पक्राउ

मंगलबार, १४ साउन २०७६

काठमाडौं – नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नकपाकी काठमाडौं जिल्ला इन्चार्ज धिरिन्द्रा उपाध्याय ‘भृकुटी’लाई प्रहरीले फक्राउ गरेको छ । अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) की केन्द्रीय महासचिव समेत रहेकी उपाध्यायलाई प्रहरीले बुढानिलकण्ठबाट पक्राउ गरेको हो ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट महिला संठठनको केन्द्रीय महासचिव तथा काठमाडौं जिल्ला सेक्रेटरी भृकुटीलाई मंगलबार काठमाडौंको बुढानिलकन्ठबाट प्रहरीले पक्राउ गरि गिरफ्तार पारेको छ ।

नेकपाले आह्वान गरेको नेपाल बन्दको पूर्वसन्ध्यामा भृकुटीलाई प्रहरीले गिरफ्तार गरेको हो । नेकपाका केन्द्रीय सदस्य तथा उपत्यका इन्चार्ज माइला लामाको गिरफ्तारीविरुद्ध नेकपाले भोलि बागमतिसहित ११ जिल्ला बन्दको घोषणा गरेको छ ।

भृकुटीलाई कहाँ राखेको छ भन्ने प्रहरीले केही जानकारी नदिएको पारिवारिक स्रोतले बताएको छ ।