एनएमबि बैंकले शुरू गर्यो अनलाइन कर्जा आवेदन तथा ‘रियल–टाइम’ ट्र्याकिङ प्रणाली
एनएमबि बैंकले आफ्नो डिजिटल रूपान्तरणको यात्रामा एक महत्त्वपूर्ण उपलब्धि हासिल गर्दै अनलाइन कर्जा आवेदन तथा ट्र्याकिङ प्रणाली सञ्चालनमा ल्याएको छ ।
यस नवीन व्यवस्थासँगै ग्राहकले अब बैंक धाउनुपर्ने र कागजी प्रक्रिया पूरा गर्नुपर्ने झन्झटबाट मुक्ति पाउनेछन् ।
नयाँ डिजिटल पोर्टलमार्फत ग्राहकहरूले जुनसुकै स्थान वा डिभाइसबाट सजिलै कर्जाको लागि आवेदन दिन र आफ्नो आवेदन कुन चरणमा पुगेको छ भनी ‘रियल–टाइम’मा ट्र्याक गर्न सक्नेछन् ।
यसले कर्जा स्वीकृत हुने समय घटाउनुका साथै सम्पूर्ण प्रक्रियालाई पारदर्शी, सरल र वातावरणमैत्री बनाउने बैंकको विश्वास छ ।
अनलाइन कर्जा आवेदन दिने सहज तरिका :
. digi.nmb.com.np मा लग–इन गर्नुहोस् ।
. Loan Services मा गई Explore Products मा क्लिक गर्नुहोस् ।
· आफूलाई चाहिएको कर्जा शीर्षक छनोट गरी आवश्यक विवरणहरू भर्नुहोस् ।
· फारम बुझाउनासाथ तुरुन्तै तुरुन्तै Online Loan Tracking ID प्राप्त हुनेछ ।
· उक्त ट्र्याकिङ आईडी प्रयोग गरी आफ्नो कर्जा आवेदनको स्थिति सोझै हेर्नुहोस् ।
नेपालमा आधुनिक तथा कागजरहित बैंकिङ सेवा प्रवर्द्धन गर्ने लक्ष्यका साथ यो सेवा शुरू गरिएको हो ।
सम्पूर्ण कर्जा प्रक्रियालाई डिजिटलाइज गरी ग्राहकको अमूल्य समय बचत गर्न र दिगो तथा प्रविधिमैत्री बैंकिङ सेवा प्रदान गर्न एनएमबि बैंक प्रतिबद्ध रहेको जनाएको छ ।
एनएमबि बैंकले हाल देशभरी १९७ शाखा, १७६ एटीएम बुथ र ९ एक्सटेन्सन काउन्टरमार्फत् उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।