एक्सट्रिम पब्जी मोबाइल राष्ट्रिय प्रतियोगिता हुने

बिहिबार, ४ भाद्र २०८३

काठमाण्डौ — युवापुस्ता माझ लोकप्रिय एक्सट्रिम इनर्जी ड्रिंकले नेपालमा ई–स्पोट्र्सको बढ्दो लोकप्रियतालाई लक्षित गर्दै ‘एक्सट्रिम २०२६ पीएमएनसी नेपाल फल’ आयोजना गर्न लागेको छ ।

दशरथ रंगशालास्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भाद्र ६ र ७ गते (शनिबार र आइतबार) प्रतियोगिता हुनेछ ।

आयोजकका अनुसार दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका उत्कृष्ट पब्जी मोबाइल टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितालाई एक्सट्रिम इनर्जी ड्रिंकले प्रवद्र्धन गरेको छ । प्रतियोगितालाई ’एक्सट्रिम २०२६ पीएमएनसी नेपाल फल’ का रूपमा प्रस्तुत गरिएको छ ।

‘रोड टू पीएमजीसी’ अभियानसँग जोडिएको प्रतियोगिताले नेपालमा पब्जी मोबाइलको प्रतिस्पर्धात्मक वातावरणलाई थप उत्साहित बनाउने अपेक्षा गरिएको छ ।

प्रतियोगितामार्फत उत्कृष्ट प्रदर्शन गर्ने टोलीतथा खेलाडीले अन्तर्राष्ट्रिय मञ्चतर्फ अघि बढ्ने अवसरसमेत पाउने आयोजकले विश्वास लिएको छ ।

यसअघि पनि एक्सट्रिम इनर्जी ड्रिंकले नेपालका विभिन्न खेलकुद तथा मनोरञ्जनात्मक गतिविधिमा सक्रिय सहभागिता जनाउँदै आएको छ । पछिल्लो समय कम्पनीले क्रिकेटसहित विभिन्न खेलसँग आफ्नो ब्रान्डलाई जोड्दै आएको छ ।

पीएमएनसी नेपाल फलको ग्रान्ड फाइनल भने नेपाली ई–स्पोर्टस प्रेमीका लागि विशेष आकर्षण बन्ने देखिएको छ । दुईदिने प्रतिस्पर्धामा उपाधिका लागि टोलीहरूबिच हुने प्रतिस्पर्धासँगै नेपालबाट अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्ने सम्भावित टोलीमाथि पनि सबैको नजर रहनेछ ।