साढे ३३ किलो सुन काण्डमा सर्वोच्चको आनौठो आदेश : गोल्यान घर फकिए, अरुको के भयो ?

शुक्रबार, १७ साउन २०७६

काठमाडौं – सर्वोच्च अदालतले सुनकाण्डमा महावीर गोल्यानलाई १० लाख धरौटीमा छाड्न आदेश दिएको छ । अदालतमा शुक्रबार भएको बहसमा उनी बाहेक अरुको हकमा उच्च अदालत विराटनगरले गरेको आदेश सदर गरिदिएको छ ।

न्यायाधीश अनिलकुमार सिन्हा र शुस्मलाता माथेमाको इजलासले शुक्रबार गोल्यानलाई १० लाख धरौटीमा छाड्न आदेश दिएको हो । उच्च अदालतले उनलाई पूर्वक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

अरूको हकमा भने उच्च अदालतले दिएको आदेश नै सदर भएको छ । यो आदेशसँगै निलम्बित डीएसपी सञ्जय राउत, पूर्व एसएसपी श्यामबहादुर खत्री, भुजुङ गुरुङ, छिरिङ वाङद्ने घले उर्फ डा. डेभिड थुनामा नै रहने भएका छन् ।

उच्च अदालतले सई बालकृष्ण सञ्जललाई साधारण तारेख छाडेको थियो भने विमल पोद्दार र राजेन्द्रकुमार शाक्य १० लाख धरौटीमा छुटेका थिए ।