मन्त्रीहरुको भेलामा श्रृंखलावद्ध बिस्फोट

शुक्रबार, १७ साउन २०७६

काठमाडौं – बुधबार देखि थाइल्याण्डको राजधानी बैंककमा सुरु भएको दक्षिण पूर्वी एसियाली मुलुकका विदेश मन्त्रीहरुको भेलामा श्रृंखलाबद्ध विस्फोट भएका छन् । भेलामा सहभागी हुन अमेरिका, चीन, बेलायत र रूसका विदेश मन्त्रीहरु बैंकक पुगेका थिए ।

शक्ति राष्ट्रका विदेश मन्त्री भेला हुँदा थाइल्याण्डको बैंकक सुरक्षा व्यवस्था कडा पारिएको छ। त्यही सुरक्षा व्यवस्थाका बीच शुक्रबार बिहान भने त्यहाँ श्रृंखलावद्ध बिस्फोट भएका छन् । साना खालका बिस्फोट भएकाले मानिसको हताहती भने भएको छैन।

छ ठाउँमा भएका बिस्फोटमा परी चार जना घाइते भएका छन्। तीमध्ये एक जनालाई अस्पताल भर्ना गरिएको छ। बिस्फोटमा संलग्न भएको आशंकामा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रधानमन्त्री प्रयुत चान ओचाले घटनाक्रममा सरकारले सुक्ष्म रूपमा नियालिरहेको र सुरक्षा व्यवस्था कडा पारिएकाले बैंककवासीलाई नआत्तिन आग्रह गरेका छन्।