सर्वोच्च अदालतमा फेरि आगलागी

बुधबार, ३१ भाद्र २०८३

काठमाडौँ – सर्वोच्च अदालतको नयाँ भवनमा आज फेरि आगो लागेको छ । आगलागीबाट कम्तीमा तीन वटा फाँटमा क्षति पुगेकोबताइएको छ ।

आजको आगो पनि बिजुली सर्टका कारण भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । यसअघि भदौ १७ गते राति पनि अभिलेख शाखामा आगलागी भएको थियो ।

आगलागीले ‘प्रयोगविहीन अवस्थामा राखिएका कागजातहरू जलेको’ बताइएको थियो ।

अघिल्लो वर्ष भदौ २४ गतेको जेन जी विध्वंशमा आगजनीपछि सर्वोच्च अदालतले आफ्ना कामकारबाही एनेक्स भवनबाट गर्दै आएको छ ।

निर्माणाधिन भवनको एउटा भागमा इजलास र प्रशासन पनि सरेको छ ।