प्रेरक प्रसंग : जव प्रधानमन्त्रीलाई घुसको अफर आयो

मंगलबार, ३० भाद्र २०८३

काठमाडौं – यो घट्ना त्यो समयको हो जब लाल बहादुर शास्त्री भारतको प्रधानमन्त्री थिए । एक दिन उनी आफ्नी श्रीमती ललिता शास्त्री सित एउटा साडीको कारखानामा घुम्न गए ।

उनकी श्रीमतीले केही साडी मन पराइन । शास्त्रीले त्यो साडी प्याकिङ गरीदिन भने र पैसा दिन लागे । तर मालिकले पैसा लिन मानेनन ।

तब शास्त्रीले भने, ‘आज म प्रधानमन्त्री छु, यसैले मलाइ यति मुल्यवान साडी सित्तैमा दिइरहनु भएको छ । तर भोलि जब म प्रधानमन्त्री रहन्न भने तब के यस्तो साडी तपाईं सित्तैमा दिन सक्नुहुन्छ ?’ यो कुरा सुनेर कारखाना मालिक केही बोल्न सकेनन । उनले चुपचाप पैसा लिए ।