विनय अधिकारीको नयाँ गीत ‘पानी सलल’ बजारमा आउँदै
काठमाडौं – शैक्षिक परामर्श व्यवसायी विनय अधिकारीको नयाँ गीत ‘पानी सलल’ बजारमा आउने भएको छ । विक्रम परियार र सन्जु न्यौपानेको स्वरमा रहेको गीत आगामी भदौ ३१ गते युट्युवमार्फत सार्वजनिक हुने भएको हो ।
गीतमा विनय अधिकारीको शब्द, कृष्ण लामिछानेको संगित रहेको छ । गीतको म्युजिक भिडियोमा आरुषी मगर र विनय अधिकारीको अभिनय रहेको छ भने भिडियो निर्देशन अभिषेक वाग्ले (अवि)ले गरेका छन् । । अधिकारीले यसअघि पनि थुप्रै गीतहरुमा अभिनयसँगै शब्ध कोरिसकेका छन् ।
यो गीत अधिकारीको युटुयुन च्यानल विनय अधिकारीमार्फत सार्वजनिक हुने छ ।