‘डेरामा बस्ने केटी’ कथा संग्रहले जित्यो नेपाली पाठकको मन
काठमाडौं – वरिष्ठ साहित्यकार प्रेमकृष्ण श्रेष्ठद्धारा लेखिएको डेरामा बस्ने केटी कथा संग्रहले सारा नेपाली पाठकको मन जितेको छ । प्रकाशित भएको एक हप्तामै देशभरीका पाठकबाट उच्च माग भएको छ ।
पाठकको मन छोएर आँखा रसाउने उन्नाइस कथा भएको कथा संग्रहको सम्पादन होम भटराईले गरेका छन् । भटराईले नै सम्पादन गरेको कृतिले मदन पुरस्कार २०८२ जितेको हुनाले यो कृतिले वर्ष २०८३ को मदन पुरस्कार जित्न सक्ने आंकलन धेरै पाठकहरुले गरेका छन् ।
दुई दशकदेखि राष्ट्रिय तथा अन्तराष्ट्रिय मिडियामा कथा लेख्दै आफ्नो छुटै पहिचान बनाउन सफल भएका श्रेष्ठको यो पहिलो प्रकाशित कृति हो । जसले गर्दा पनि यो बहुप्रतिक्षित र चर्चित हुन गएको लेखक श्रेष्ठको बुझाई छ । प्रकाशित भएको एक हप्ता बित्दै गर्दा कृति छापेको संवाद प्रकाशनले अर्को संस्करणको तयारी गरेको छ ।