नर्कमा पनि स्वर्ग देखिन्छ

सोमबार, ५ असोज २०८३

काठमाडौं – एक यहूदी रबाईथिए । एक दिनगरिब मानिस आएर उनीसँगभन्यो–‘ मलाइ मर्ने आशीर्वाद दिनुहोस् । अबमलाई नसम्झाउनुहोस् । म धेरैपटक तपाइँलाई भेट्न आइसकेँ । हरेकपटक तपाइँ मलाइ सम्झाइ बुझाइ गरेर फर्काइदिनुहुन्छ ।अब त म बाँच्नै सक्दिन । जबरजस्ती बाँच्नु नर्क हो । मेरो अवस्थाको बारेमा केही विचार त गर्नुहोस् ।’

त्यस मानिसले आफ्नो दुःख सुनायो–‘ एउटा सानो कोठा छ दश वाइ दशको, पानी चुहिन्छ त्यसमा । त्यत्ति सानो कोठामा म, मेरी पत्नी, बच्चाहरु, सासु ससुरा र आमाबुबा बस्छौं । अब त अति नै भयो मैले महानर्कको दुःख भोगिरहेको छु । कोठाभित्र अलिकति हिड्ने ठाउँसमेत छैन । सबै एक अर्कासँग रिसाइरहेका हुन्छन् । मानिसलाई एकान्तपनि त चाहिन्छ । मसँग अर्को घर किन्न सक्ने र अन्तजान सक्ने सामथ्र्य पनि छैन । त्यसैले मलाइ मर्ने आज्ञा दिनुहोस् ।’

बुढा रबाइले भने– ‘मात्रै सातदिन पर्ख । त्यसपछि मैले तिमीलाई मर्नबाट रोक्ने छैन ।’ उनले भने–‘ एउटा कुकुर छ । छ वटा बाख्रा छन् । बाह्रवटा भेडा छन् । एउटा गाई छ एउटा बाच्छो छ ।’ रबाईले अह्राए–‘ तिमी एउटा काम गर तीज नावरलाई कोठाभित्र लैजाऊ र त्यहीँ राख ।’

उसले अचम्ममान्दै भन्यो–‘तपाइ पागल हुनुभयो ? तपाइँको दिमाग त बिग्रिएको छैन ? त्यसै त म मरिरहेको छु । अब जनावरलाई पनि कोठामा राख्ने ? उभिने ठाउँ पनि त बाँकी छैन ।’ रबाईले सम्झाए– ‘सातदिनको कुरा त हो । त्यसपछि तिमी मर्नू । मर्ने बेलामा मेरो यति कुरा त मान । सँधैदेखि तिमीले मेरा कुरा मान्दै आएका छौ त्यसैले मर्ने समयमा यो कुरा पनि मान ।’

यसले मानेन –‘यो त हदभयो । तपाइँ आफूले के भन्दै छु भनेर एकपटक फेरि सोच्नुहोस् । म त जनावरलाई भित्र राख्ने कल्पना गर्दा मात्रै पनि आत्तिन्छु । यसरी त म सातदिन भन्दा पहिल्यै मर्नेछु ।’ रबाईले जिद्धी गरे । उसले स्वीकार ग¥यो–‘ठीकै छ । आखिर मर्ने नै त हो ।’ त्यो मानिस घर आयो र परिवारलाई सम्झायो । रबाईले गर्नैपर्छ भनेका छन् भन्यो । घरका मानिसहरु उसमाथि खनिए– ‘त्यत्तिकै त मरेको जस्तो अवस्था छ । अब यी बाख्रा, कुकुर, गाई, भेडा ! तिम्रो दिमाग त ठीक छ ?’ परिवारका सदस्यहरुले रबाईसँग सोधे– हो मैले भनेको हुँ उसलाई त्यस्तै गर्न देऊ ।

परिवारले मन नहुँदा नहुँदै पनि रबाईको कुरा माने । सता दिनपछि त्यस मानिसले रबाईलाई भेट्यो । रबाइले भने–‘ अब मर्नुभन्दा पहिला ती सबै जनावरलाई बाहिर निकालिदेऊ । उसले त्यस्तै ग¥यो तर ऊ फर्केर रबाईलाई भेट्न गएन । रबाईले दुई तीन दिनसम्म पर्खिेरहे तर ऊ आएन । रबाई आफैं उसको घर गए । उनले तीसँग सोधे–‘ किन मर्न मन छैन ?’ उसले भन्यो–‘ छाडिदिनुहोस् मर्ने कुरा ! म जीवनमा अति आनन्दका दिनहरु बिताइरहेको छु । यति आनन्द त कहिल्यै पनि आएको थिएन । घरका सदस्यहरुमा पनि एक अर्काप्रति प्रेम बढेको छ । कोठामा धेरै ठाउँ खाली भएजस्तो लाग्छ । कोठा त्यही हो तर पनि ठुलो ठाउँ भएजस्तो अनुभव हुन्छ । कोठामा बस्न एकदमै आनन्द आइरहेको छ । अब म मर्दिन तपाइँले म माथि ठुलो कृपा गर्नुभयो । यदिकुनै बेला मैले मर्ने कुरा गरें भने फेरि यही उपचार बताइदिनुहोला ।’

यस्तै हुन्छ जीवन यहाँ विपरीतबाट अनुभव हुन्छ । यहाँ दुःखले पनि दिशा दिन्छ । यहाँ नर्कले पनि स्वर्गतर्फको बाटो बताउँछ ।