फेरी पूर्वराजा ज्ञानेन्द्रमाथि खनिए प्रचण्ड, दिए यस्तो धम्की

आइतबार, १९ साउन २०७६

रामेछाप – सत्तारुढ नेपाल कम्युष्टि पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई नागार्जुनबाट निस्कन चेतावनी दिएका छन् ।

संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका क्रममा शरण पर्न आएकाले ज्ञानेन्द्रलाई संरक्षण दिएको भन्दै धेरै बकबक गरिरहे जनताले नागार्जुबाट निकाल्ने चेतावनी दिएका हुन । वीपीमार्गलाई रामेछापको खाँडादेवी गाउँपालिका जोड्न सुनकोशी नदीमाथि खैरेनी घाटमा बनेको पक्की पुलको आइतबार उद्घाटन गर्दै प्रचण्डले राजा माहाराजाका केही दासहरुले सरकार मात्र होइन, व्यवस्था नै फेर्ने बकबक गरिरहेको आरोप लगाए । ‘यदि उनीहरु सच्चिएनन् भने नसोचेको हबिगत हुनेछ’, उनले भने ।

प्रचण्डले जनताको त्याग र बलिदानले ल्याएको व्यवस्थाको सम्मान गरी अघि बढ्न सबैलाई आग्रह गरे । शनिबार एक कार्यक्रममा राप्रपा अध्यक्ष कमल थापाले सरकार होइन, व्यवस्था नै फेर्नुपर्ने बताएका थिए । थापाको नाम नलिइ नेकपा अध्यक्ष प्रचण्डले जिन्दगीभर तानाशाहहरुको चाकरी गर्नेहरुले अहिल सरकार र व्यवस्थाकै विरोधमा प्रचार गरिरहेको टिप्पणी गरेका छन् । यसैबीच पूर्वयुवराज्ञी हिमानी शाहले पूर्वराजा ज्ञानेन्द्र शाहको सन्देश, अन्तर्वार्ता र लेख समावेश भएको पुस्तक ‘सन्देश संग्रह’ पुस्तक सार्वजनिक गरेकी छन्।

आइतबार हिमानी ट्रष्टले बालुवाटारमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सो पुस्तक सार्वजनिक गरेकी हुन्। उक्त पुस्तक प्रारम्भमा २ हजार प्रति छापिएको छ। सोमध्ये ट्रष्टले ५ सयप्रति बिक्री गर्ने जनाइएको छ। सो पुस्तकबाट प्राप्त रकम सामाजिक कार्यमा खर्चिने ट्रष्टले जानकारी दिएको छ।