विप्लवका कारण संसदको अवरोध कायमै, सञ्चारमन्त्रीले दिए कडा अभिब्यक्ति

आइतबार, १९ साउन २०७६

काठमाडौं – नेपाल सरकारका संचार तथा सुचना प्रविधि मन्त्री गोकुल बास्कोटले सर्लाहीमा प्रहरीले हत्या गरेका विप्लव नेतृत्वको नेकपाका नेता कुमार पौडेलको हत्या प्रकरणबारे संसदीय समिति नबन्ने बताए ।

नेपाली काँग्रेस लगायतका प्रतिपक्षी दलले छानबिनको माग राख्दै संसद अवरुद्ध गरिरहेका छन् । यही घटनालाई लिएर संसद बैठक लगातार अवरुद्ध भइरहेको छ ।

मन्त्री बाँस्कोटाले हाल विप्लव नेतृत्वको नेकपाले गरिरहेका गतिविधि हेर्न सुझाव दिँदै छानबिन समिति नबन्ने संकेत दिएका हुन् ।

संसदीय छानबिन समिति नबनाउँदा सम्म सदनमा अवरोध जारी राख्ने प्रतिपक्षी दलको तयारी छ । समिति बनाउँन सरकार तयार नभए सदनमा अझै केहि दिन अवरोध रहने अनुमान गर्न सकिन्छ ।

विप्लवका गतिविधी विरुद्ध सरकार कठोर भएर लाग्ने समेत मन्त्री बाँस्कोटाले चेतावनी दिएका छन् ।