गीतमा समेटियो भोटेकोसी बाढीको दर्दनाक कथा (भिडियोसहित)
काठमाडौं – भोटेकोसी बाढीको दर्दनाक कथा कलाकारहरुले गीतमार्फत प्रस्तुत गरेका छन् । ‘लाङटाङको काखबाट’ बोलको गीतमा कलाकारहरुले बाढीले पारेको असर, स्थानीयको मनोविज्ञान र सरकारको कमजोरीलाई प्रस्तुत गरिएको छ ।
गीतमा भरत सिग्देलको शब्द, रमन थामीको स्वर, माइला लामाको संगित रहेको छ । उक्त गीतको भिडियो जनवादी गायक माइला लामाको युट्युव च्यानलबाट सार्वजनिक भएको छ ।
गीतको भिडियोमा बाढी आउनुअघिको अवस्था, हिम पहिरो, ग्रेगानसहितको बाढी तथा बाढीपछिको अवस्थालाई देखाइएको छ । भिडियोमा बाढीले पुर्याएको सम्पूर्ण क्षतिसमेत प्रस्तुत गरिएको छ ।
गीतको अडियो त्रिताल रेकडिङ स्टुडियोका अनिस योन्जनले रेकर्ड गरेका छन् भने मिक्सिङ सुन्दर लामाले गरेका छन् । भिडियोको सम्पादन रन्धिर श्रेष्ठले गरेका छन् ।