मोटिभेट न्युजका प्रधान सम्पादक शोभराज बराल बिना कारण पक्राउ
काठमाडौँ – प्रहरीले मोटिभेट न्युजका अध्यक्ष तथा प्रधान सम्पादक शोभराज बराललाई बानेश्वरको विजुली बजार स्थित आफ्नै कार्यालयबाट पक्राउ गरेको छ ।
सादा पोशाकमा आएका प्रहरीले कार्यालयबाट केही कुरा गर्नुपर्ने छ भन्दै बराललाई नियन्त्रणमा लिएका हुन् । बराललाई टेकु स्थित उपत्यका अपराध अनुसन्धान कार्यालयमा राखिएको छ र पक्राउको कारण भने खुलेको छैन ।
नियन्त्रणमा लिनुभन्दा करिव २० मिनेट पहिले एउटा फोन आएको थियो उक्त फोनमा पोडकास्ट चलाउनु हुदोरैछ त्यसमा हामीले पनि केही सम्प्रेस गर्नुपर्ने छ भनि कलमा भनिएको थियो। अनि मिडियाकै नाम लिएर कुरा गरिएको थियो। यसलाई आधार मान्दा समाचारकै बिषय हुनसक्ने आसंका गरिएको छ।