बदनाम बन्दै कर्णाली प्रदेश निर्माण ब्यबसायी महासंघ
काठमाडौं – कर्णाली प्रदेश निर्माण ब्यबसायी महासंघ दिन प्रतिदिन बदनाम बन्दै गएको छ । सुर्खेतमा कार्यलय रहेको महासंघलाई ऋणले च्याप्दै गएपछि बदनाम बन्दै गएको हो । महासंघ ऋणमा यतिसम्म डुवेको छ कि कार्यलयमा राखेका कर्मचारीहरुलाई तलव दिन सकेको छैन् भने अफिसको भाडा नतिरेको पनि लगभग दश बर्ष पुगिसकेको छ ।
कार्यलय सचिवको रुपमा नियूक्त भएका कालिकोटका जगदिस न्यौपानेले छ महिनाको तलव अहिलेसम्म पनि पाएका छैनन् भने अहिले कार्यरत कर्मचारीले तलव नबुझेको लामो समय भैसकेको छ । ६ महिनासम्म तलव नपाएपछि महासंघ छोडर काठमाडौं सिफ्ट भएका जगदिस न्यौपानेले दिएको जानकारी अनुसार महासंघ ऋणमा चुर्लम्म डुवेको छ । महासंघ भित्र हुने विभिन्न चलखेलका कारण महासंघ बदनाम बनेको उनको भनाई छ । २०७५ साल बैशाख १ गतेदेखि काम सुरु गरेका न्यौपानेले ११ महिनासम्म काम गरेका थिए । पहिलो किस्ता स्वरुप महासंघले छ महिना पुपेपछि असोजमा तलव दिएको थियो भने त्यसपछि सबैजना सम्पर्क विहिन भएका थिए । विना तलव पाँच महिनासम्म निरन्तर काम गरेका न्यौपानेलाई तलव नदिएर महासंघबाट निकालिएको छ । उनले महासंघ छोडेको पनि ८ महिना भइसकेको छ ।
महिनाको १० हजारका दरले तलव पाउने गरि नियुक्त भएका न्यौपानेले ११ महिना काम गर्दा पाँच महिनाको तलव पाउन बाँकी छ । महासंघले न्यापानेलाई तलव नदिने भन्दै विनाकारण पन्छिएको छ । पैसाकै खोलो बगाउने निर्माण ब्यबसायीहरुको छाता संस्थाले एक जना कर्मचारीको तलव दिन नसक्नु लज्जास्पद कुरा हो । विना सर्त पाँच महिनाको तलव दिलाई दिन मोटिभेट न्युजको कार्यालयमा आएका न्यौपानेले तलव नदिए महासंघ भित्रका गोप्य दस्तावेजहरु सार्वजनिक गरिदिने बताउँदै आएको छन् ।
उनले महासंघका अध्यक्ष र महासचिवले कहिले ‘बोर्ड मिटिङ बसेको छैन्’ भन्दै टार्ने गरेको र कहिले ‘अव तलव पाउँदैनस जे गर्छस गरे्’ भन्दै धम्की दिने गरेको बताए । उनले भने, ‘पहिला पहिला बोर्ड मिटिङ बसेर निर्णय गरेपछि तलव दिउला भन्नु भएको थिया, तर अहिले फोन पनि उठाउनुहुन्न ।’ कर्णाली प्रदेश निर्माण व्यवसायी महासंघका अध्यक्ष मोहन आचार्य छन् भने महासचिवको जिम्मेवारी भक्तिप्रसाद न्यौपानेले निर्वाह गरिरहेका छन् । मोटिभेट न्युजले यस विषयमा बुझ्न खोज्दा अध्यक्ष र महासचिव दुर्व जनाले फोन उठाएका छैनन् । महासंघ भित्रका कर्तुहरु, घर भाडादेखि अडिट गर्दाका फर्जि विलसहितको विशेष सामाग्री आगामी अंकमा प्रकाशन गर्दै जानेछौं ।