असुरक्षित माच्छापुच्छ्रे बैंकका एटीएम, पैसा चोर्दै गर्दा एक जना पक्राउ

शनिबार, २६ पौस २०७६

काठमाडौं – एनआरएनएहरुको लगानी रहेको माछापुच्छ्रे बैंकका एटीएमहरु असुरक्षित रहेको पाइएको छ । एटीएमबाट पैसा चोरी गर्दैगर्दा एक युवा पक्राउ परेपछि यो तथ्य बाहिर आएको हो ।

शनिबार बिहान पुतलीसडकस्थित माच्छापुच्छ्रे बैंकको एटिएमको माथिल्लो भागको स्क्रिन फोडिरहेको अवस्थामा २४ वर्षीय तिलक खड्कालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार जाजरकोटको त्रिवेणी नगरपालिका ६ घर भएका उनलाई महानगरीय प्रहरी वृत्त सिंहदरवारबाट खटिएको टोलीले पक्राउ गरिएको हो ।

यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।