जनताको प्रश्न : एलआइसी बन्द भए हाम्रो बीमा के हुन्छ ?
काठमाडौं – लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड (एलआइसी नेपाल)मा ५५ प्रतिशत शेयर रहेको भारतीय जीवन बीमा कम्पनी लाइफ इन्स्योरेन्स कर्पोरेशन लिमिटेड (एलआइसी) संकटमा परेपछि जनस्तरबाट विभिन्न खालका प्रश्नहरु उठेका छन् । जनता आफूले बीमा गरेको कम्पनीका बारेको नराम्रो समाचारहरु आउन थालेपछि आफ्नो लगानी के हुने हो भनेर चिन्तित हुन थालेका छन् ।
मोटिभेट न्यूज डटकमले ‘एलआइसी नेपालमा जीवन बीमा गर्दै हुनुहुन्छ ? पख्नुहोस् … फस्नुहोला !’ शिर्षकको समाचारलाई लिएर मोटिभेटलाई दर्जनौं फोनहरु आएका छन् । धेरैले हाम्रो लगानी के हुन्छ ? भन्दै प्रश्न गर्नुभएको छ ।
नेपालमा रहेको एलआइसीमा ५५ प्रतिशत सरकारी स्वामित्वको लाइफ इन्स्योरेन्स कर्पोरेशन एलआइसीको शेयर रहेको छ भने २५ प्रतिशत बिशाल ग्रुपको शेयर छ । त्यस्तै यो कम्पनीमा नेपाली जनताको २० प्रतिशत शेयर लगानी रहेको छ ।
५५ प्रतिशत लगानी रहेको मुख्य कम्पनी धरापमा परेसँगै त्यसको असर एलआइसीमा पनि पर्न सक्ने आंकलन गरिएको छ । सम्भवतः एलआइसी बन्द भएको खण्डमा एलआइसी (नेपाल) को अस्तित्व पनि समाप्त हुनेछ ।
एलआइसीको अस्तित्व समाप्त भए पनि एलआइसी (नेपाल)मा बीमा गरेको बीमितहरुको बीमाङ्क रकम भने सुरक्षित रहनेछ । एलआइसीले नेपालमा सेवा सुरु गर्नभन्दा पहिला नै बीमा समितिमार्फत सरकारलाई धरौटी रकम बुझाएका हुन्छन् भने बिदेशमा रहेका पुनर्बीमा गर्ने कम्पनीहरुसँग निश्चित अवधिका लागि पुनर्बीमा गरेका हुन्छन् ।
यदि कुनै कारणबस नेपालमा सञ्चालनका आएका बीमा कम्पनीहरु बन्द भएको खण्डमा बीमा गरेका बीमितहरुले आफ्नो बीमाङ्क रकमको कुनै चिन्ता गर्न भने पर्दैन । कम्पनी बन्द भए सरकारले नै जनताको पैसा फिर्ता गरिदिने गर्दछ ।
यस विषयमा एलआइसी नेपालले केही बोल्ल चाहेन । नेपालमा भ्रम छरिएको भन्दै भारतीय कम्पनीको विषयलाई लिएर नेपालमा अफवहा फैल्याउनु कलग कार्य भएको कम्पनीका सचिव तथा सूचना अधिकारी बिनोद भुर्तेलले बताए ।
तपाईहरुले पुनर्बीमा गनुभएको होला ? बिदेशमा भएको पुनर्बीमा कम्पनीको नाम के हो ? भन्ने मोटिभेटको प्रश्नमा कम्पनी सचिव भुर्तेलले भने, ‘मलाई थाहा छैन्, तपाईलाई सूचना चाहिन्छ भने लिखित रुपमा दिनुहोस् कम्पनीबाट निर्णय गराएर सूचना उपलब्ध गराउँला ।
यो पनि पढ्नुहोस्