एलआइसी काण्ड : आफ्नो बदमासी ढाकछोप गर्न विज्ञप्तिको नाटक (विज्ञप्तिसहित)
काठमाडौं – भारतीय बीमा कम्पनी लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले आफ्नो बदमासी ढाकछोप गर्न बिज्ञप्ति निकालेर नाटक मन्चन गरेको छ । नेपाली बीमा बजारमा बोनस दरको विषयलाई लिएर बीमा कम्पनीहरुले समाजमा भ्रम फैलाइरहेको विषयलाई लिएर मोटिभेट न्यूज डटकमले बारम्बार समाचार सम्प्रेशण गरिरहेको छ ।
एक खालका पोलिसी बेच्ने र एक खालको विज्ञापन गर्ने कार्यले समाजमा भ्रम परेपछि मोटिभेट न्यूज डटकमले एलआइसीको बास्तविकता खोलिदिएको थियो । ‘नेपालमा भ्रम छर्दै भारतीय बीमा कम्पनी, यस्तो छ नेपाली लुट्ने एलआइसीको नयाँ धन्दा’ शिर्षकमा मोटिभेट न्यूजले उसको विज्ञापन र त्यसभित्र लुकेको तितो यथार्थ छर्लङ्ग पारेको थियो । त्यही समाचारको विषयलाई लिएर कम्पनीले समाचारकै शब्दहरु प्रयोग गर्दै विज्ञप्ति निकालेको छ ।
कुनै तुक नभएको विज्ञप्तिमा आफ्नो बोनस दर ६६ प्रतिहजार रहेको स्पष्ट पारेको छ । हामीले पनि उसको विज्ञापनमा अफवाह छ र त्यसको बास्तविक बोनस दर ६६ रुपैयाँ हो भनेरै लेखेका छौं । एलआइसीले आफुनो विज्ञप्तिमा बर्तमान बोनसदरमा कपोकल्पित एवं भ्रामक समाचार प्रचार भएको भनेपनि उसले जनताको आँखामा छारो हाल्दै ८५ प्रतिशत बोनस भनेर मार्केटिङ गरिरहेको छ ।
बोनस बारेको पुरा समाचार यहाँ हेर्नुहोस् ।
